इङ्ल्याण्डको जितमा ब्राजिलको पराजय

आदर्श समाज सम्वाददाता
असार २४, २०७५

पोखरा, २३ असार । २१ औं विश्वकप फुटबलमा प|mान्स र बेल्जियमले अघिल्लो यात्रा सुरक्षित गर्दा इङल्याण्ड पनि सेमिफाइनलमा पुग्न सफल भएको छ ।

शनिबार भएको तेस्रो क्वाटरफाइनलमा स्वीडेनको यात्रामा पूर्णविराम लाउँदै इङल्याण्ड अन्तिम चारमा पुगेको हो । १२ वर्षपछि फर्किएको स्वीडेन २-० ले पराजित हुँदै घर फर्कियो । समूह विजेता बन्दै स्वीजरल्याण्डलाई पराजित गरेको स्वीडेनले पूर्व विजेता इङ्याण्डलाई भने हराउन सकेन ।

हृयारी मगुइरले खेलको ३१ मिनेटमा हेड मार्फत गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १-० ले अग्रता लिको इङ्ल्याण्डले दोश्रो हाफमा गोल थप्यो । ५९ औं मिनेटमा गोल गर्दै डेली अलीले हेडमार्फत गोल गर्दै जितउन्मुख बनाएका थिए ।

समूह चरणमा इङ्ल्याण्ड बेल्जियमसँग पराजित भएको थियो भने स्वीडेन जर्मनीसँग पराजित भएको थियो । उता, पाँच पटकसम्म विश्वकपको उपाधि विजेता ब्राजिल यसपटकको विश्वकप फुटवल प्रतियोगितामा भने क्वाटरफाइनलबाटै बाहिरिएको छ। शुक्रबार राति बेल्जियमसँग २-१ गोल अन्तरले पराजित भएर ब्राजिल बाहिरिएको हो। सेमिफाइनलमा प्रवेश गरेको बेल्जियमले भने अब फाइनल प्रवेशका लागि प|mान्ससँग भिड्नु पर्नेछ। बेल्जियम सन् १९८६ पछि पहिलो पटक अन्तिम चारमा पुगेको हो।

यस पटकको विश्वकपबाट यसअघिका अन्य विश्वकप विजेता टोली जर्मनी, आर्जेन्टिना, स्पेन र उरूग्वे पनि बाहिरिए छन्। शनिबार राति अन्तिम क्वाटरमा आयोजक रुस र क्रोएसियाबीच प्रतिष्पर्धा भएको छ । विजेता इङ्ल्याण्डसँग फाइनल प्रवेशमा भेटिनेछ । ६ गोल गरिसकेका इङल्याण्डका ह्यारी केन गोल्डेनबुटको होडमा सबैभन्दा अगाडी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width