पोखरामा स्पोर्टस् मेडिसिन

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७४
sports medicine

पोखरा, २४ चैत। कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनले पोखरामा शनिबार स्पोर्टस् मेडिसिन कार्यक्रम गरेको छ।

खेलाडीले आफ्नो स्वास्थ्यका लागि अपनाउनुपर्ने सावधानीबारे जानकारी दिन सो कार्यक्रम गरिएको हो।  प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठन प्रशिक्षक जीवन घिमिरेले खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहजीकरण गर्दै क्लीनिकल फार्मेसिष्ट विजय काफ्लेले खेल जीवन शुरु गरेपछि र खेल जीवनपछि पनि स्पोर्टस् मेडिसिन जरुरी भएको उल्लेख गरे।

कास्की वडी विल्डिङ एण्ड फिट्नेश एशोसिएसनका अध्यक्ष राजुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा खेलाडी प्रकाश पौडेलले स्वागत र सचिव दीपक बास्तोलाले सञ्चालन गरेका थिए। केही समय पहिले गठित एशोसिएसनले आयोजना गरेको पहिलो पटक स्पोर्टस् मेडिसिन कार्यक्रममा ५५ जनाको सहभागिता थियो।

Related News

सम्बन्धित समाचार

hero news full width