पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीले भूपू विद्यार्र्थी मञ्चबाट विद्यालयलाई साथ र सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा मञ्चले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको थियो ।
मञ्चका संस्थापक अध्यक्ष दीपकराज बरालले भूपू विद्यार्र्थी मञ्चको आवश्यकता महसुस गरी २०६१ सालमा संस्था दर्ता गरेर आफ्नो कार्यकालमा सक्रिय भएको भए तापनि त्यसपछि विविध कारणले संस्थाका गतिविधि तथा नवीकरण नै नभएको अवस्थामामा हाल सक्रिय भएको पाउँदा खुसी लागेको बताए ।
मञ्चका अध्यक्ष कृष्ण रानाभाटले आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै छोरेपाटन माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले लामो समयदेखि छुट्टाछुट्टै कार्यक्रम गरिरहेकोमा पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व हुने गरी संस्थालाई पुनर्जीवन दिएको बताए ।
कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम शर्मा, सहायक प्रधानाध्यापकहरू खेमराज बराल र मेघनाथ पौडेल, खेल शिक्षक दीपक सुनार, पूर्व विद्यार्थीहरू राजकुमार रानाभाट, कविता गुरुङ कवि, किरण पौडेल, राजेश गुरुङ, जयश्वर पौडेल, लक्ष्मी अधिकारीलगायतले भूपू विद्यार्थी र विद्यालय २ संस्थाको उद्देश्य एउटै हुनुपर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा वनभोज कार्यक्रम संयोजक हिमलाल पौडेलले स्वागत र सचिव शालिकराम भण्डारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
सफलको चिनीरहित दही बजारमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम
hero news full width
मुख्य समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
जेठ २, २०८१पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जेठ २, २०८१जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१