लोक नृत्य कलाकार संघमा केश

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०८०
Lok Dance Sangh Photo

पोखरा । लोकनृत्य कलाकार संघ कास्की अध्यक्षमा केशबहादुर गुरुङ चयन भएका छन् । संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि पनि अध्यक्ष थिए ।

निर्वाचन मण्डल संयोजक हुमबहादुर गुरुङ, सदस्यमा बुद्धिप्रसाद गुरुङ (गौरी), गमबहादुर गुरुङ (गम्भिर) र कृष्णकुमारी गुरुङ (बबिता) थिए ।

अधिवेशनको उद्घाटन पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकालले गरेका थिए । कार्यक्रममा उनले लोकसंस्कृति संरक्षणमा संघले महत्वपूर्ण योगदान गरेको बताए । उनले संघबाट प्रशिक्षित कलाकार धेरै स्थानमा पुरस्कृत भएको पनि सम्झिए ।

संघका सल्लाहकार प्राडा कुसुमाकर न्यौपानेले लोपोन्मुख संस्कृतिको संरक्षण गर्न संघले महत्वपूर्ण भूमिका खेलेको बताए । मादी गाउँपालिका प्रमुख देवीजंग गुरुङले लोक संस्कृति नेपालीको पहिचान भएकाले संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । लोक नृत्य कलाकार संघ कास्की अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डविन गुरुङले स्वागत तथा सचिव राहुल थापामगरले सञ्चालन गरेका थिए । कार्यक्रममा लोकसांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width