स्याङ्जा । गल्याङ उद्योग वाणिज्य संघ स्थापना दिवसको अवसर पारेर गल्याङमा औद्योगिक, व्यापार तथा कृषि महोत्सव हुने भएको छ । गल्याङ नगरपालिका गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको नाकासमेत पर्दछ ।
स्याङ्जाको व्यापारिक नगर गल्याङमा चैत ३० गतेदेखि वैशाख ९ गतेसम्म तेस्रो गल्याङ महोत्सव आयोजना गरिएको उद्योग वािणज्य संघ गल्याङले शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
तल्लो गल्याङस्थित खेलमैदानमा ‘गल्याङ महोत्सवको आधार कृषि, उद्योग पर्यटन नै हाम्रो पूर्वाधार’ नारासहित १० दिनसम्म तेस्रो गल्याङ औद्योगिक, व्यापार तथा कृषि महोत्सव गर्न लागिएको हो ।
स्थानीय उत्पादन, कला, संस्कृतिको प्रचारप्रसार, प्रवद्र्धन तथा संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (धु्रव) ले जानकारी दिए ।
महोत्सवबाट बचत रकमले संघको भवन निर्माणका लागि जग्गा खरिद गर्नेसहित सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न तथा गरिब परिवारका छोराछोरीलाई अध्ययनमा सहयोग गर्ने श्रेष्ठले बताए ।
महोत्सवमा १ सय ४० स्टल राखिने भएको छ । तीमध्ये २० स्टल कृषिका लागि निशुल्क उपलब्ध गराइने उनले बताए ।
महोत्सव अवलोकनमा आउने प्रतिव्यक्ति सर्वसाधारणका लागि १ सय, विद्यार्थीका लागि ७० रुपैयाँको टिकट दर तोकिएको छ । ज्येष्ठ नागरिक र अपांगलाई भने निशुल्क प्रवेशको व्यवस्था मिलाइने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
महोत्सव सफल पार्न २९ वटा विभिन्न उपसमिति बनाइएका छन् । खासगरी गल्याङ नगरभित्रका सेतीवेणी शिला, ताम्केकोट, जगत्रदेवी, आलमदेवी तथा गह्रौंकालिका तथा अकलादेवी मन्दिर एवं कालीगण्डकी तथा आँधीखोला जलविद्युत् परियोजना, उत्तरवाहिनी, रामदी लगायत धार्मिक क्षेत्रको प्रचारप्रसार एवं अवलोकन गर्ने गराउने महोत्सवको अर्को उद्देश्य रहेको छ ।
अन्तर जिल्ला भलिवल प्रतियोगिता, गल्याङ डान्स आईडल, खुल्ला रत्यौली प्रतियोगिता, स्थानीय र राष्ट्रिय कलाकारका प्रस्तुति महोत्सवको थप आकर्षण रहेको बताइएको छ ।
५४ लाख ९५ हजार आम्दानी र १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ
भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलका विभिन्न विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
गल्याङ डान्स आइडल र रत्यौली गरी दुवै विधाका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले नगद १५ हजार, १० हजार र ५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेतो सहरको रुपमा परिचित गल्याङको दूध र दूधजन्य परिकार महोत्सवको विशेष रहने बताइएको छ । तरकारी, फलफूल, माछा, मह तथा अन्य कृषि उत्पादन, बिउबिजन तथा प्रांगारिक मलखाद, कृषि औजार प्रविधि तथा यन्त्र, जडीबुटी तथा औषधी, पर्यटन तथा शैक्षिक संस्था, गलैंचा तथा पस्मिना, सौर्य ऊर्जा तथा जलविद्युत्, मोबाइल तथा सूचना प्रविधि, इलेक्ट्रिकल्स, घर जग्गा तथा निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था फर्निचरलगायत दैनिक उपभोग्य सामग्रीसहित तयारी पोसाक तथा जुत्ताचप्पल लगायत किनबेच हुनेछ ।
महोत्सवमा सिसि क्यामरासहितको २४ सै घन्टा सुरक्षा, वाइफाई जोन, इन्टरनेट, टेलिफोन, प्राथमिक उपचार, खानेपानी, पार्किङ, उत्कृष्ट स्टल पुरस्कार, सहभागीलाई प्रमाणपत्रसहित मायाको चिनो लगायतको राम्रो व्यवस्थापन गरिने भएको छ । महोत्सव अवधिभर १ लाख दर्शकले अवलोकन गर्ने गर्ने र झण्डै डेढ करोडको कारोबार गरिने बताइएको छ । महोत्सवमा बालउद्यान, टिकट बिक्री, प्रायोजन, स्टल लगायत अन्य विविध शीर्षकबाट ५४ लाख ९५ हजार आम्दानी गर्ने सबै खर्च कटाएर ५ लाख ७५ हजार बचत गर्ने आयोजकको अनुमान छ । यस्तै १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ ।
नयाँ वर्षको आगमनसँगैै शैक्षिक सत्र सकिएर बिदाको समय पारेर महोत्सव आयोजना गरिएकाले महोत्सव राम्रो हुनेमा आयोजक विश्वस्त छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, उद्योग वाणिज्य संघ गल्याङ का निवर्तमान अध्यक्ष यज्ञप्रसाद अर्याल, संस्थापक अध्यक्ष लेखनाथ भट्टराई, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्र श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा लगायतले महोत्सव महोत्सव सफलताको शुभकामनासहित सुझाव दिए ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष डोलप्रसाद श्रेष्ठ (धु्रव) को अध्यक्षतामा भएको कार्यक्रमममा वरिष्ठ उपाध्यक्ष बलराम श्रेष्ठले स्वागत, प्रथम उपाध्यक्ष विष्णु अधिकारीले धन्यवाद एवं महासचिव उमा श्रेष्ठले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विरहीलाई कृति स्मृति पत्रकारिता वृत्ति र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
जेठ ८, २०८१कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१