स्याङ्जा । नवआगन्तुक स्याङ्जा प्रहरी प्रमुख र जिल्लामा कार्यरत पत्रकारबीच परिचय कार्यक्रमसँगै समसामयिक विषयमा छलफल भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आयोजित परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक शालिकराम शर्माले समग्र जिल्लाको शान्ति, सुरक्षा, अमनचयनलगायत विविध गतिविधिमा प्रहरी प्रशासनलाई सञ्चारजगत् र नागरिक समाजको सकारात्मक सहयोग आवश्यक हुने बताए ।
आफू सरुवा भए आएपछि जिल्लाका वस्तुस्थितिबारे जानकारी लिएर पत्रकारसँग भेटघाटको समय मिलाएको उनले बताए । स्याङ्जाको प्रहरी प्रशासनलाई आफूले अनुसन्धानात्मक र व्यवस्थापनको पाटोलाई मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए ।
आपराधिक एवं विविध घटनालाई न्युनीकरणका लागि प्रहरीले जनचेतनामूलक कार्यक्रमसहित प्रहरीको निगरानी र गस्ती बढाउँदै लैजाने उनले जानकारी दिए ।
आफूले सम्हालेपछिको १ महिना प्रहरी कार्यालयबाट भएका कार्य सम्पादनको बारेमा जानकारी गराए । १ महिनामा जिल्लाभर १८ वटा विविध शीर्षकमा २ सय ९ स्थानमा जनचेतनामूलक कार्यक्रम भएको तथ्यांक प्रस्तुत गरे ।
उनका अनुसार ट्राफिक सचेतनासम्बन्धी १ सय २६, घरेलु हिंसाका १७, चोरीसम्बन्धीका १५, लागुऔषधका १३, जबरजस्ती करणीसम्बन्धी ७, साइबर अपराधका ६, आत्महत्याका ५, अल्पसंख्यक जातिका लागि ५, यौनजन्य हिंसाका एउटा, महिला हिंसाविरुद्धका ३, सरसफाइका ३, मानवबेचविखनका २, बालविवाह रोक÷ वन डढेलो÷ सडक सुरक्षा÷ आगलागी नियन्त्रण डेमोस्ट्रेसन÷जिंगल प्रसारण ÷लंैगिक हिंसाविरुद्धका गरी १÷१ वटा जनचेतनामूलक कार्यक्रम गरिएका छन् ।
प्रहरी प्रमुख शर्माका अनुसार फागुन महिनाको ११ गतेदेखि मसान्तसम्ममा अपराध सम्बन्धी ११ वटा मुद्दा दर्ता भएको छ भने ७ जना पक्राउ परेका छन् । पेन्डिङमा रहेका १३ मुद्दा फस्र्यौट भएको, १३ जना फरार प्रतिवादी पक्राउ गरिएको र उनीबाट ५३ हजार ७ सय ८० राजस्वसहित ४ महिना २० दिन कैदसमेत असुल भएको छ । ट्राफिक प्रहरीले ५ सय ९७ सवारी साधन कारबाहीबाट ४ लाख ५६ हजार ५ सय रुपैंया राजस्व संकलन गरेको छ ।
वडा प्रहरी कार्यालय वालिङले फागुन १७ र २५ गतेगरी विभिन्न नामका लागु औषध २ सय १८ एम्पुल नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षाका लागि ग्रामीण गस्तीमा समेत परिचालन गरिएको उनले भने ।
कार्यक्रममा पत्रकार महासंघको अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष प्रदीप कोइराला, सञ्चारकर्मी नारायण कोइराला र जीवन अर्याललगायतले स्याङ्जाको पत्रकारिताको अवस्था र जिल्लाका विकास तथा गतिविधिबारे प्रहरीलाई जानकारी, गुनासा एवं जिज्ञासा गरेका थिए ।
परिचयात्मक कार्यक्रमको सहजीकरण प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१