पोखरा । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी र सूर्यतारा क्लबको संयुक्त आयोजनामा पोखरामा खेल महोत्सव हुने भएको छ ।
चैत ३ देखि ११ सम्म पोखरा २९, भण्डारढिकस्थित प्रस्तावित भण्डारढिक रंगशालामा सूर्यतारा नेकोस खेल महोत्सव हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । कार्यक्रम संयोजक विष्णु पुनले खेलकुद माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति स्थापित गर्दै नागरिकलाई मानसिक एवं शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न प्रतियोगिता आयोजना गरिएको बताए । खेलकुद क्षेत्रको संस्थागत विकास, खेल उद्योगको स्थापना गरी रोजगार सिर्जना गर्न सम्बन्धित निकायलाई दबाब दिनका लागि पनि प्रतियोगिता गरिएको उनको भनाइ थियो ।
खेल महोत्सवमा फुटबल, एथलेटिक्स, ब्याटमिन्टन, तेक्वान्दो, नृत्य, सोलो स्कुटर रेस र झाँकी प्रदर्शनी हुने संयोजक पुनले बताए । चैत ३ देखि ११ गतेसम्म हुने फुटबल प्रतियोगितामा प्रथमलाई ३ लाख ३ हजार ३३३ र द्वितीयलाई १ लाख ७७ हजार ७७७ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट खेलाडी, गोलरक्षक, उच्च गोलकर्ता र अनुशासिट टिमलाई जनही ७ हजार ७७७ पुरस्कार दिइनेछ । कास्की जिल्ला विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथमलाई ५५ हजार ५५५, द्वितीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ रुपैयाँ पुरस्कार दिइने छ ।
खुला महिला सोलो स्कुटर रेसमा प्रथम हुनेले ३३ हजार ३३३, द्वितीयले २२ हजार २२२ र तृतीयले ११ हजार १११ पाउनेछन् । गण्डकी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथमलाई ५५ हजार ५५५, द्वियीयलाई ३३ हजार ३३३ र तृतीयलाई २२ हजार २२२ पुरस्कार दिइने पुनले बताए । खुला ब्याटमिन्टनमा पहिलो हुनेलाई ५५ हजार ५५५, दोस्रोले ३३ हजार ३३३ र तेस्रोले २२ हजार २२२ पुरस्कार प्राप्त गर्ने छन् । एथलेटिक्समा प्रथमलाई २१ हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
संघसंस्था स्तरीय झाँकी प्रदर्शनीमा पहिलो, दोस्रो र तेस्रोे हुने समुहलाई क्रमश ५५ हजार ५५५, ३३ हजार ३३३ र २२ हजार २२२ रुपैयाँ पुरस्कार रहेको छ ।
Related News
सम्बन्धित समाचार
विरहीलाई कृति स्मृति पत्रकारिता वृत्ति र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार
गीताञ्जली साहित्य परिवारको साधना प्रभात
पोखरा वडा १२ मा राजस्व संकलन गर्न घरदैलो
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१