पोखरा। साठी प्लस बुढा तन्नेरी ब्याडमिन्टन क्लब आयोजनामा पोखरामा मेन्स डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८० हुने भएको छ । यो प्रतियोगिता पोखरामै पहिलो पल्ट हुन लागेको हो ।
पोखरा स्पोट्र्स एन्ड व्याडमिन्टन क्लब (सिरमोर हल) मा १२ फागुन शनिबार सो प्रतियोगिता हुने बुधबार पत्रकार भेटघाटमा क्लब अध्यक्ष रुद्रबहादुर घलेले बताए । उनका अनुसार प्रतियोगितामा देशभरबाट २४ टिमले भाग लिने छन् ।
विजेता जोडीले ३० हजार र उपविजेता जोडीले २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । तेस्रो हुने २ जोडीलाई समान १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने प्रतियोगिता संयोजक श्यामकृष्ण श्रेष्ठले बताए ।
क्लब सल्लाहकार माधव पहारीले व्याडमिन्टन खेलको प्रबद्र्धन गर्न आफूहरु एकजुट भएको बताए । खेलबाट आपसमा भाइचारा वृद्धि हुने क्लबले विश्वास लिएको उनको भनाइ छ ।
क्लबमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडीहरु पनि सदस्य हुने क्लब सचिव दुर्गाबहादुर गुरुङले बताए । बुढा तन्नेरी क्लबमा आजीवन २३ र साधारण ७ गरी ३० जना आबद्ध छन् ।
यो प्रतियोगितामा पोखरा अल्पाइन एन्ड स्प्रिङ होटल होटल पाटर्नर हो ।
Related News
सम्बन्धित समाचार
विरहीलाई कृति स्मृति पत्रकारिता वृत्ति र सिग्देललाई आर्थिक पत्रकारिता पुरस्कार
गीताञ्जली साहित्य परिवारको साधना प्रभात
पोखरा वडा १२ मा राजस्व संकलन गर्न घरदैलो
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
hero news full width
मुख्य समाचार
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१