पोखरा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोडस्थित आफ्नै भवनबाट कारोबार थालेको छ । सोमबार कम्पनीका सञ्चालक समिति सदस्य कमलेश अग्रवाल विमलप्रसाद ढकाल र कृष्णराज लामिछाने, प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशवराज ढकालले संयुक्त रूपमा उक्त भवनको उदघाटन गरे ।
भवनको उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, सञ्चारकर्मी बिमा अभिकर्ता तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो । भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने छ ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
उदघाटन कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य कमलेश अग्रवालले निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य सहरहरुमा घर जग्गा खरिद गर्ने योजनासहित कार्यारम्भ गरिसकेको बताए । अग्रवालले २०७२ मा संविधान जारी भएपश्चात् नेपालले संघीयताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्तरुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको बताए ।
नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीकारुपमा नेपालको जनसंख्याको करिब १० प्रतिशत जनतालाई जीवन बिमा सम्बन्धी सेवा प्रवाह गर्दै नेपाली जीवन बिमाको क्षेत्रमा विभिन्न सूचांकहरुको आधारमा अब्बल रहदै आफूलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनीकारुपमा नेपाल लाइफ स्थापित रहेको उनको भनाइ थियो ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१