पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षमा अवलम्बन गर्ने नीति तथा कार्यक्रम आइतबार प्रदेश सभामा प्रस्तुत हुने भएको छ । आइतबार २ बजे सुरु हुने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले पहिलो ५ वर्षे कार्यकाल पूरा गरी छैटौं वर्षका लागि ल्याउन लागेको नीति तथा कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको छ ।
भवन निर्माण, गाडी खरिदलाई सरकारले आगामी आर्थिक वर्ष निरुत्साहित गर्ने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउँदै आएका छन् । स्वास्थ्य कृषिलाई प्राथमिकतामा राखेर प्रदेशवासीले महसुस गर्ने गरी नीति तथा कार्यक्रम ल्याउन लागिएको उनले जनाए । दायित्व सिर्जना भएर प्रक्रियामा रहेका भौतिक पूर्वाधार क्षेत्रका योजना पूरा गर्ने तर क्रोनिक भएर बसेका आयोजनालाई अगाडि बढाउन नसकिने उनको भनाइ थियो ।
प्रदेशको प्रथम पञ्चवर्षीय योजना, १५ औं पञ्चवर्षीय योजना, दिगो विकासका लक्ष्य, राजनीतिक दलहरूले व्यक्त गरेका प्रतिबद्धता र प्रदेशवासीका अपेक्षालाई समेट्ने गरी नीति तथा कार्यक्रम तयार गरिएको नीति तथा योजना आयोग उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बताए । कृषि क्षेत्रमा हाल दिइँदै आएको अनुदान कटौती गरी उत्पादनमा आधारित अनुदान दिने, १० वर्ष मुनि र ६० वर्ष माथिकालाई सरकारी अस्पतालमा ओपिडी टिकट निशुल्क, क्यान्सर बिरामीलाई दिइँदै आएको रकममा वृद्धिजस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
आगामी वर्ष निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमले निरन्तरता पाउने संकेत देखिएको छ । सांसद विकास कोषका नामले चिनिएको यो कार्यक्रम संघ सरकारको बजेटमा पनि परेको भएकाले प्रदेशमा पनि राखिने संकेत मुख्यमन्त्री पाण्डेले गरेका छन् । यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता खगराज अधिकारी र सांसदहरूको समेत दबाब छ । सांसदले छानेका योजनामा बजेट खर्च हुने गरी कार्यविधि बनाएर सम्बन्धित कार्यालयहरूबाटै कार्यान्वयन हुने कार्यक्रममा अनियमितताको गुन्जायस नहुने मुख्यमन्त्री पाण्डे बताउँछन् । उनले भनेका छन्, ‘यसलाई जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन, जनस्तरबाटै माग भएका योजनामा पारदर्शी तरिकाले खर्च हुन्छ ।’
Related News
सम्बन्धित समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१