पोखरा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन तरकारी फलफूल ढुवानी इकाई पोखराका पूर्वअध्यक्ष मेघबहादुर न्यौपाने दम्पतीको मृत्यू भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कास्कीका पूर्व अध्यक्ष समेत रहेका न्यौपाने र उनकी श्रीमती शान्ति न्यौपानेको मोटर साइकल दुर्घटना परी निधन भएको हो ।
मनकामना दर्शन गरेर फर्कदै गर्दा दुर्घटनामा परी उनीहरुको मृत्यु भएको जिफन्ट गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए । मन्दिर दर्शन गरी जन्म घर धादिङ फर्कने क्रममा मंगलबार पृथ्वीराजमार्गको कुरिनटार नजिकै मोटर साइकल त्रिशुली नदीमा खसेर न्यौपाने दम्पत्तीको निधन भएको खत्रीले बताए । मोटर साइकल त्रिशुली खसेर बेपत्ता शान्तिको शव मंगलबारै फेला परेको थियो भने मेघबहादुरको शब शुक्रबार फेला परेको थियो । न्यौपाने दम्पत्तीका दुई छोरी छन् ।
सरल स्वभाव र मिजासिला मजदुर नेता न्यौपाने कर्मक्षेत्र पोखरामा श्रमिकका हक, हित र अधिकार रक्षाका लागि क्रियाशील थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१