पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

आदर्श समाज सम्वाददाता
जेठ ११, २०८०
yts

पोखरा । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा (एमयुएन) शुक्रबारबाट सुरु हुँदैछ । २ दिनसम्म चल्ने पोखरा एमयुएन लेकसाइडमा हुन लागेका हो । युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले आयोजना गर्न लागेको नमुना महासभा १५ जिल्लाका १ सय २० जना सहभागी हुने उल्लेख छ ।

संस्थाका अध्यक्ष रिजन ढुंगानाले कार्यक्रममा सहभागी हुने डेलिगेट र भेन्युका सम्पूर्ण काम शुक्रबार नै पूरा भएको बताए । शुक्रबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रम १४ गतेसम्म चल्ने ढुंगानाको भनाइ छ । ‘देशभरका १५ जिल्लाबाट १ सय २० जना डेलिगेट कार्यक्रम सहभागी हुँदै हुनुहुन्छ,’ ढुंगानाले भने, ‘नमुना महासभामा पोखराका मेयर प्रमुख अतिथि र अमेरिकन दूतावासबाट एक जना प्रतिनिधि सहभागी हुनुहुनेछ ।’

विश्वले नमुना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ ? यसको तयारी कसरी गर्ने लगायत विषयमा महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू प्रस्तुत गर्नेछन् । सहभागीहरुले ३ विषयमा केन्द्रित भएर महासभामा सहभागी हुनुपर्ने अध्यक्ष ढुंगानाको भनाइ छ । उनका अनुसार महासभाका डेलिगेटले आर्थिक मन्दी, फर्जी औषधीका कारण बढ्दै गएको खतराहरु र इ–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा केन्द्रित हुनेछ । सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्र संघको बारेमा पनि जान्न सकिन्छ ।

सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेष गरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपण समेत प्रस्तुत गर्नेछन् । उनीहरुले शैक्षिक अनुभव मार्फत राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरूको उठाउँछ । यसले साझा सरोकारका मुद्दाहरूलाई सम्बोधन गर्न प्लेटफर्महरूमा सामेल गर्ने ढुंगानाको भनाइ छ ।

मोडल युनाइटेड नेसन्स (एमयुएन) अन्तर्गत संयुक्त राष्ट्र संघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो । यसरी नै छनोट हुँदै युवाहरुले संयुक्त राष्ट्र संघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्छन सक्नेछन् ।

Related News

सम्बन्धित समाचार

  • रोटरी काठमाडौं हेरिटेजको पदस्थापन

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    काठमाडौं । रोटरी क्लब अफ काठमाडौं हेरिटेजको चार्टड प्रस्तुतीकरण तथा पदस्थापना कार्यक्रम भएको छ । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का…
  • पोखरामा १४ मजदुर सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले…
  • ‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’

    आदर्श समाज सम्वाददाता वैशाख २२, २०८१
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वमा शान्ति छर्न ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ब्रह्मकुमारी…
  • रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने

    आदर्श समाज सम्वाददाता वैशाख २१, २०८१
    पोखरा । रानाभाट तथा भाट जातिमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा…
  • मानव सेवा अश्रममा खाना खुवाइयो

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । रोटरी क्लब अफ नक्साल शक्तिको स्थापना दिवसका अवसरमा पोखराको हेमजामा रहेको मानव सेवा आश्रमा बिहानको खाना खुवाइएको छ…

hero news full width