पोखरा । वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ अन्तिम चारमा पुगन सफल भएका हुन् ।
खेलकुद विकास समिति सदस्यसचिव सुवास खड्काका अनुसार मंगलबार वडा १५ ले वडा १३ लाई ४–१ ले हरायो । वडा ३० ले ८ लाई ३–२, वडा १४ ले ३२ लाई २–०, वडा २७ ले २४ लाई ४–३ अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा बुधबार पहिलो सेमिफाइनलमा वडा १५ र ३० तथा अर्कोमा १४ र २७ बीच प्रतिस्पर्धा हुने आयोजकले जनायो ।
कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले १ लाख ५० हजार र उपविजेताले १ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ । फाइनल बिहीबार हुनेछ ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१