नेवा मिसा पुचः कास्कीमा संगीता

आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७९
Newa misa puch

पोखरा । नेवा मिसा पुचः कास्कीमा संगीता श्रेष्ठ चयन भएकी छन् । शनिबार पोखरामा भएको चौथो अधिवेशनबाट प्रथम उपाध्यक्षमा शक्ति प्रधानांगलाई चयन गरेको छ ।
द्वित्तीय उपाध्यक्षमा रेविका श्रेष्ठ, महासचिवमा किरण विजुक्छे, उपमहासचिवमा रजनी श्रेष्ठ चयन भए । सदस्यमा अञ्जु बाटाजु, सविना विजुक्छे, कमला श्रेष्ठ, मिना प्रधान, सरस्वती श्रेष्ठ, मिरा श्रेष्ठ, सगीता श्रेष्ठ, शान्ता श्रेष्ठ र भवानी माकाजु चयन भए ।

आमन्त्रित सदस्यमा भावना श्रेष्ठ, युगेन पालिखे, शान्ति श्रेष्ठ, इन्द्रा श्रेष्ठ, पविता श्रेष्ठ, विष्णु श्रेष्ठ, निर्मला श्रेष्ठ, शर्मिला प्रधानांग, शोभा श्रेष्ठ, रेश्मा श्रेष्ठ, सीता ढेवाजू, सविता श्रेष्ठ र शर्मिला श्रेष्ठ छन् ।

संस्थाको नवौं साधारणसभा तथा चौथो अधिवेशन उद्घाटनपछि बोल्दै प्रतिनिधि सभा सांसद विद्या भट्टराईले नेवा मिसा पुचःले नेवा संस्कृति जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन् ।

कार्यक्रममा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी समुदाय अझै पनि अगाडि बढ्न हिचकिचाउने गरेको बताउँदै नेवार समुदायका मानिसहरु खाली अरुलाई अगाडि सार्ने र भ¥याङ मात्र बनेको बताए । निवर्तमान अध्यक्ष मेनुका श्रेष्ठले नेवारी संस्कार संस्कृति र नेवारी महिलाहरुको सशक्तीकरण गर्नमा सक्दो कोसिस गरेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width