पोखरा । पूर्व जिल्ला शिक्षा अधिकारी योगेन्द्रबहादुर बस्नेतको उपचारका क्रममा लापरवाही गरेको आरोपमा नेपाल मेडिकल काउन्सिलले १ वरिष्ठसहित २ चिकित्सकलाई निलम्बन गरेको छ ।
पेट तथा पाचन प्रणाली (ग्यास्ट्रोइन्टेस्टाइन, जिआई) शल्यचिकित्सक डा.सुनीलकुमार शर्मा र ड्युटीमा रहेका डा.राजिव मिश्रलाई नेपाल मेडिकल काउन्सिलले १ साताका लागि निलम्बन गरेको हो । बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेसन गरिएकामा २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि हृदयघात भएको र त्यसपछि चिकित्सकीय निगरानी र उपचारमा लापरवाही गरेकै कारण बुवाको मृत्यु भएको भन्दै उनका छोरा समिरबहादुर बस्नेतले काउन्सिलमा उजुरी दिएका थिए ।
गत शुक्रबार बसेको काउन्सिलको बैठकले डा. शर्मा र मिश्रलाई निलम्बनको निर्णय गरेको हो । बिरामीको अप्रेसनपछि फलोअपमा चिकित्सकको कमजोरी देखिएको काउन्सिलले जनाएको छ । डा. शर्मा मेडिसिटी अस्पताल सर्जन विभागका प्रमुख हुन् ।
जेठ १७ गते नियमित स्वास्थ्य परीक्षणका लागि मेडिसिटी अस्पताल पुगेका योगेन्द्रको चिकित्सकले पित्त थैलीको अपरेसन गर्नुपर्ने बताएपछि जेठ २२ मा शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि बिरामीलाई ‘पोस्ट अपरेटिभ वार्ड’ मा सारिएको थियो । बिरामी बस्नेतले अप्रेसन गरेको भागमा धेरै दुखेको बताएपछि स्वास्थ्यकर्मीले सामान्य जाँच गरेर फर्केका थिए । त्यतिबेला उनको रक्तचाप सामान्य थियो । जाँच गरेको केही बेरमा शौचालय गएका उनी त्यहिँ लडेका थिए । बस्नेतको अवस्था झनै जटिल भयो । राति ३ बजे उनी अचेत भए । त्यसपछि मेडिकल अफिसरले कृत्रिम श्वास दिएर आइसियुमा राखे । भिडियो एक्सरे गरेर हेर्दा आन्तरिक रक्तश्राव देखियो । चिकित्सकहरुले पुन अप्रेसन गर्नुपर्ने बताए । फेरि अप्रेसन गर्दा पनि आन्तरिक रक्तश्राब नरोकिएको र धेरैजसो अंगहरुले काम गर्न छाडेकाले ‘अब आश कम भएको’ जानकारी चिकित्सकले बस्नेतको परिवारलाई गराए । भेन्टिलेटरमा राखिएकै बेलामा जेठ २५ गते बस्नेतको मृत्यु भयो ।
बिरामीको स्वास्थ्य अवस्था जटिल भए पनि चिकित्सकले गम्भीर भएर ध्यान नदिएको पाइएको काउन्सिलको ठहर छ ।
जेठ २४ गते राति १० बजे डा. राजिव मिश्रले बिरामीको स्वास्थ्य अवस्था ठीक रहेको जानकारी डा. शर्मालाई गराएका थिए । तर त्यतिबेला बिरामीको अवस्था जटिल भइसकेको थियो । आफ्नो नेतृत्वमा रहेको बिरामीमा जटिलता उत्पन्न हुँदा पनि समयमै उपचार गर्नमा ढिलाइ गरेका डा. शर्मालाई निलम्बन गरिएको काउन्सिलको ठहर छ । काउन्सिलले पत्र काटेर पठाएको दिनबाट लागु हुने गरी २ डाक्टर १ साताका लागि निलम्बन हुनेछन् ।
पीडित परिवारले छानबिन गरिपाउँ भन्दै असार ६ गते अस्पताल प्रशासनमा निवेदन दिएको थियो । कमीकमजोरी भएको स्वीकार गर्दै अस्पतालले पीडितको माग अनुसार डा.जयन्द्र बज्राचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । उक्त समितिले बस्नेतका छोरा समिरललाई लेखेको पत्रमा ‘बिरामीको अवस्थाबारे विभिन्न तहहरुमा जानकारी दिने तथा संवाद गर्ने क्रममा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकाबाट केही कमीकमजोरी भएको हुँदा उपचारमा संलग्न एमसिएच रेजिडेन्ड डाक्टर, मेडिकल अफिसर तथा उपचारिकालाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।’ अस्पतालले डाक्टरसहित उपचारमा संलग्न टिमलाई कारवाही गर्न विलम्ब गरेपछि बस्नेतको परिवारले असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएको थियो ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१