राष्ट्रपति रनिङ सिल्डमा पोखरा च्याम्पियन

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७९
rastrapati running (2)

पोखरा । पोखरा महानगरपालिकाजिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको १३ औं संस्करणमा च्याम्पियन बनेको छ । २८ स्वर्ण, १० रजत र ६ कास्यसहित ४४ पदकसहित कास्कीका ५ पालिकामध्ये पोखरा च्याम्पियन बनेको हो ।

पोखरा रंगशालामा २ दिनसम्म ३० स्वर्णको लागि ४ सय ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुपा गाउँपालिका २ स्वर्ण र ४ कास्यसहित दोस्रो तथा समान ९ रजत र ९ कास्यसहित माछापुच्छ्रे गाउँपालिका तेस्रो भयो । अन्नपूर्णले ७ रजत र ८ कास्य जित्दा मादी गाउँपालिका पदकविहीन बन्यो ।

पोखरालाई १२ हजार र रुपालाई ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । पोखराका निम्ति सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । टप्स मावि कक्षा ९ की सविनाले ४०० मिटर, ८०० मिटर, हाइजम्प, रिलेतर्फ गरी ५ स्वर्ण जितेकी हुन् । त्रिवेणी पब्लिककी एन्जल अधिकारीले १०० मिटर, २०० मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले बताए । विजयीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघ केन्द्रीय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्यसचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कृत गरे ।

९४ खेलाडी छनोट

कास्कीबाट छात्रछात्रा गरी ९४ खेलाडी प्रदेशस्तरको लागि छनोट भएका छन् । छनोटमध्ये एथ्लेटिक्समा २२, उसुमा १२, कराते १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । मार्सलआर्टमा पोखराबाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भए ।

एथलेटिक्स छात्रातर्फ एन्जल अधिकारी, सविना खातुन मियाँ, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगीता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक, सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ छिन् । वैकल्पिकमा सिर्जना केसी, दीपा पोडेल, सोनिका विक र अप्सरा भुजेल छिन् ।

छात्रतर्फ ऋशव श्रेष्ठ, कुशल पोखरेल, सन्दीप कुँवर, प्रवेश आचार्य, तेन्जेन रोकामगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आशीष कार्की र रितेश विक छन् । वैकल्पिकमा दीपेश यादव, विराज परियार र राजीव थापा छनोट भए । भलिबल छात्रामा सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक छानिए । वैकल्पिकमा आकृति थापा र दीपा थापा छन् ।

छात्रतर्फ आशीष सुनार, मदन छन्त्याल, सुदीप परियार, टाइसिन गुरुङ, किसान थापा, सुजन बुढाथोकी, समीर विक, प्रतीक श्रेष्ठ र मञ्जुर मियाँ छन् । वैकल्पिकमा विद्वान विक, आशीष नेपाली र रञ्जन सुनार छानिए ।

कबड्डी छात्रातर्फ सञ्जु घर्ती, भीमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्वीकृत केसी, दिविसाज्यु ठकुरी, सुष्मा कुँवर, पूनम कुँवर र करुणा नेपाली छिन् । वैकल्पिकमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार छानिए । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समीर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक तथा वैकल्पिकमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ छानिए ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width