पोखरा, १५ फागुन । आजभन्दा झन्डै ४० वर्षअघि आयोजना भएको सृजना रनिङ सिल्डको सम्झना भीमप्रसाद सुवेदीलाई ताजै छ । तत्कालीन सृजना युवा क्लबले पहिलोचोटि २०४३ सालमा संचालन गरेको सो प्रतियोगिताको आकर्षण त्यसबेला खुबै थियो । केही वर्ष संचालन भएर सेलाएको प्रतियोगितालाई छात्रछात्रा भलिबलरुपमा पुनजीर्वित गरेको हो, अहिलेको सृजना विकास केन्द्रले ।
पोखरा ८ सिमलचौरस्थित सृजना विकास केन्द्र खेलकुद अलावा महिला, बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा पनि क्रियाशील छ । पहिलेको सृजना युवा क्लब नै अहिलेको सृजना विकास केन्द्रको रुपमा विकास भएको तत्कालीन सदस्य एवं हालका सचिव सुवेदी बताउँछन् ।
२०४३ सालमा डम्बरबहादुर केसी नेतृत्वको तत्कालीन सृजना युवा क्लबले आयोजना गरेको प्रतियोगिताले खेलकुदको विकासमा पनि योगदान पु¥याएको उनको भनाइ छ । संस्थाले कास्की जिल्ला भलिबल संघको सहकार्यमा स्कुलस्तरमै भलिबल खेलको विकास गर्ने उद्देश्यले २०७३ सालदेखि कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल प्रतियोगिता संचालन गर्दै आएको छ । जसको पाँचौं संस्करण मंगलबार पोखरामा सुरु हुँदैछ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिन (१६ देखि १९ फागुन) सम्म चल्ने प्रतियोगितामा सामुदायिक विद्यालयका ४५ टिमले भाग लिएका छन् । विगतमा कोरोना कारण प्रभावित बनेकोमा यसपालि टिम संख्या पनि बढेको प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले बताए । गत संस्करणमा २७ टिमले मात्र भाग लिएका थिए । यसपालि सहभागी ४५ मध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम हुन् ।
प्रतियोगिताको मंगलबार दिउँसो साढे १ बजे गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ । त्यसअघि हबिहान ९ बजे सुरु हुने पहिलो चरणका प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सिर्जना विकास केन्द्रका कृष्णबहादुर थापाले बताए ।
प्रतियोगिताबाट अनुमानित डेढ लाख बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने अध्यक्ष थापाले जनाए । पोखरा १७ स्थित सृजना बालगृहमा हाल १२ जना बालबालिका आश्रित छन् । २०६२ सालदेखि संचालित बालगृहमा आश्रित सबै जना द्वन्द्वपीडित हुन् । प्रतियोगिता संचालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने र १२ लाख ५० हजार आम्दानी हुने आयोजकको लक्ष्य छ ।
छात्रछात्रातर्फ विजेतालाई १/१ लाख पुरस्कार
छात्रछात्रातर्फ भलिबल विजेतालाई १/१ लाख, उपविजेतालाई ६०/६० हजार र तृतीय हुने विद्यालयलाई ३५/३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र विधागततर्फ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । तीमध्ये उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई पुरस्कार स्वरुप भलिबल दिइने पूर्व अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए । उनका अनुसार उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छ ।
गत वर्ष पोखरा १८, भकुण्डेस्थित शान्ता माध्यमिक विद्यालयले छात्रछात्रा दुवैतर्फ दोहोरो उपाधि जितेको थियो ।
त्यसबेलाको रनिङ सिल्डको विरासत कायम राख्दै सृजनाले अहिले सामुदायिक विद्यालयस्तरमा छात्रछात्रा भलिबललाई निरन्तरता दिएको संस्था अध्यक्ष थापाले बताए । २०३७ सालमा स्थापित यो संस्थाकै पहलमा जनप्रिय बहुमुखी क्याम्पस, सृजना बहिरा विद्यालय (हाल सृजना बहिरा मावि), सृजना बालगृह, सृजना लघुबित्त (हाल जाल्पा लघुवित्त) खुलेका हुन् ।
‘स्वास्थ्यका लागि भलिबल, राष्ट्रका लागि खेलकुद’ नाराका साथ संचालित प्रतियोगिताको मूल लक्ष्य ‘स्कुल स्कुलमा भलिबल’ हो । त्यसैले पनि दूरदराजमा लुकेका प्रतिभाको प्रस्फुटनमा पनि यो प्रतियोगिताले सघाउ पुग्ने प्रतियोगिता सहसंयोजक एवं कास्की जिल्ला भलिबल संघ उपाध्यक्ष नवराज लम्साल बताउँछन् । भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यमा यो प्रतियोगिता सफल हुँदै आएको कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको दाबी छ ।
खेल नकआउट आधारमा खेलाइने छ ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१