पोखरा । पोखरा महानगरपालिकाजिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको १३ औं संस्करणमा च्याम्पियन बनेको छ । २८ स्वर्ण, १० रजत र ६ कास्यसहित ४४ पदकसहित कास्कीका ५ पालिकामध्ये पोखरा च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा २ दिनसम्म ३० स्वर्णको लागि ४ सय ७२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रुपा गाउँपालिका २ स्वर्ण र ४ कास्यसहित दोस्रो तथा समान ९ रजत र ९ कास्यसहित माछापुच्छ«े गाउँपालिका तेस्रो भयो । अन्नपूर्णले ७ रजत र ८ कास्य जित्दा मादी गाउँपालिका पदकविहीन बन्यो ।
पोखरालाई १२ हजार र रुपालाई ९ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । पोखराका निम्ति सविना खातुनले ५ स्वर्ण, एन्जल अधिकारीले ४ स्वर्ण पदक दिलाए । टप्स मावि कक्षा ९ की सविनाले ४०० मिटर, ८०० मिटर, हाइजम्प, रिलेतर्फ गरी ५ स्वर्ण जितेकी हुन् । त्रिवेणी पब्लिककी एन्जल अधिकारीले १०० मिटर, २०० मिटर, लङजम्प र रिलेमा गरी ४ वटा विधामा स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डिबी नेपालीले बताए । विजयीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, नेपाल भारतोलन संघ केन्द्रीय उपाध्यक्ष राजन बड्गामी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका निर्देशक कृष्ण तिमिल्सिना, कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बाँनिया, पोखरा महानगरपालिका खेलकुद विकास समिति सदस्यसचिव सुवास खड्का, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत सोमनाथ भण्डारी लगायतले पुरस्कृत गरे ।
…………….
९४ खेलाडी छनोट
कास्कीबाट छात्रछात्रा गरी ९४ खेलाडी प्रदेशस्तरको लागि छनोट भएका छन् । छनोटमध्ये एथ्लेटिक्समा २२, उसुमा १२, कराते १२, तेक्वान्दो १२, भलिबल १८ र कबड्डीमा १८ जना खेलाडी छनौट गरिएको हो । मार्सलआर्टमा पोखराबाहेक अन्य पालिकाको सहभागिता नभएपछि सोझै छनौट भए ।
एथलेटिक्स छात्रातर्फ एन्जल अधिकारी, सविना खातुन मियाँ, अनुष्का अधिकारी, नारायणी भण्डारी, संगीता घर्ती, कविता मगर, सम्पदा गुरुङ, रेखा विक, सिर्जना केसी, विनिता विक र पवित्रा गुरुङ छिन् । वैकल्पिकमा सिर्जना केसी, दीपा पोडेल, सोनिका विक र अप्सरा भुजेल छिन् ।
छात्रतर्फ ऋशव श्रेष्ठ, कुशल पोखरेल, सन्दीप क्ुँवर, प्रवेश आचार्य, तेन्जेन रोकामगर, मनिष जिसी, लव पोखरेल, नरेश विक, आशीष कार्की र रितेश विक छन् । वैकल्पिकमा दीपेश यादव, विराज परियार र राजीव थापा छनोट भए । भलिबल छात्रामा सजिना बुढाथोकी, स्माइल पुन, कृष्ला बलाम, जमुना गुरुङ, तुलकुमारी तिलिजा, मनिषा राई, शोभा मगर, विन्दु विक र सुस्मिता विक छानिए । वैकल्पिकमा आकृति थापा र दीपा थापा छन् ।
छात्रतर्फ आशीष सुनार, मदन छन्त्याल, सुदीप परियार, टाइसिन गुरुङ, किसान थापा, सुजन बुढाथोकी, समीर विक, प्रतीक श्रेष्ठ र मञ्जुर मियाँ छन् । वैकल्पिकमा विद्वान विक, आशीष नेपाली र रञ्जन सुनार छानिए ।
कबड्डी छात्रातर्फ सञ्जु घर्ती, भीमसरा विक, रोजिना कुँवर, रोजिना सुनार, स्वीकृत केसी, दिविसाज्यु ठकुरी, सुष्मा कुँवर, पूनम कुँवर र करुणा नेपाली छिन् । वैकल्पिकमा पुष्पा श्रीपाली, एलिना परियार, अनिता परियार र अनिषा सुनार छानिए । छात्रतर्फ उचित रिमाल, सौगात भट्टराई, समीर शाही, सुशान भुजेल, रोहन खत्री, भविन पुन, मदन राना, सुमिन गुरुङ र आयुष विक तथा वैकल्पिकमा अशोक पोडेल, निसान तामाङ र राजेश गुरुङ छानिए ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१