टाटाले ल्यायो विद्युतीय कार टिगोर इभि, १ रुपैयाँमा १ किलोमिटर

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७९
tata tigor

पोखरा । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको इलेक्ट्रिक कार टिगोर इभी पोखारमा सार्वजनिक गरेको छ । टाटा मोटर्सको आधिकारी बिक्रेताको रुपमा रहेको सिप्रदि ट्रेडिङले शनिबार कार सार्वजनिक गरेको हो ।

टिगोर जिपट्रोन प्रविधिमा आधारित छ । कम्पनीका अनुसार यसमा निकै टिकाउ ब्याट्री छ । २६ किलोवाटको रहेको ब्याट्री एक पटक चार्ज गरेपछि गाडी बिना कुनै समस्या दुई सय देखि दुइ सय ५० किलोमिटरको दुरी गुड्छ ।

डिसीचार्जर प्रयोग गर्दा टिगोरको ० देखि ८० प्रतिशत चार्ज ६५ मिनेटमा र घरमै चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेट लाग्ने कम्पनीको भनाइ छ । पोखरामा चार्जिङ स्टेसन बुद्धचोकमा रहेको छ । चार्ज प्रतियुनिट ५ रुपैयाँ देखि पर्ने कम्पनीले बताएको छ ।

विद्युतीय टिगोरको बनावट निकै बोल्ड र आकर्षक छ । बाहिरी आर्कषणसँगै यसका विशेषताका कारण बजारमा अन्य गाडीको भन्दा माग बढि रहेको दीप मोर्टस प्राइभेट लिमेटेडका बजार अधिकृत सुरजकुमार तझ्याले बताए ।

डिजेलरपेट्रोल बाट चल्ने कार भन्दा इलेक्ट्रिक कार बढी प्रभावकारी रहने तझ्याको भनाइ छ । ‘१ रुपैयाँमा १ किलोमिटर दुरी पुग्न सक्छौं’ उनले भने ‘ अन्य भन्दा बढि सुरक्षित छ, ग्लोबल एनक्यापले ४ स्टार दिएको छ ।’

कार खरिदमा ग्राहकले ८० प्रतिशत सम्म रिन पाउने व्यवस्था गरिएको तझ्याले जानकारी दिए । एभरेष्ट बैंक, नबिल बैंक र एनएमबी बैंक सँग सम्झौता भइसकेको उनको भनाइ छ । ७ वर्ष सम्ममा चुक्ता गर्ने गरी १२ प्रतिशत देखि माथि व्याजदरमा ऋण पाइने उनले जानकारी दिए ।

२  कलरमा उपलब्ध टाटा टिगोरको सुरुवाती मूल्य ३२ लाख ९९ हजार तोकिएको छ । टाटा मोटर्सको इलेक्ट्रिक कार नेक्सन इभी पनि बजारमा उपलब्ध छ । नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रूपैयाँसम्म तोकिएको छ । गण्डकी प्रदेशमा बिक्रेताका रुपमा दीप मोर्टस प्राइभेट लिमिटेड रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width