प्रदेश खेलकुदमा अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
मंसिर १९, २०७९
sports

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीमा एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषदका सदस्य र जिल्ला खेलकुदका अध्यक्ष तथा पदाधिकारीहरुलाई लक्ष्य गरी एक दिने अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण तालिममा जिल्ला जिल्लामा खेलकुदको सक्रियता र चलायमान बनाउनेसँगै नवौंमा प्राप्त सफलताले खेलाडीहरुमा नयाँ जागरण आएको सहभागीहरुले बताएका छन् ।

उक्त अवसरमा प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिए ।

खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९/०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिलबहादुर गुरुङले नवौं राष्ट्रिय खेलकुदमा प्रदेश खेलकुद गण्डकीले प्राप्त गरेको सफलताले गौरवको अनुभूति भएको बताए ।

परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जिन्सी र लेखा प्रणालीलाई व्यवस्थित बनाउने बारे प्रशिक्षण प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width