मादीमा बास्केटबल सम्पन्न

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
basketball newssf

पोखरा । राष्ट्रिय युवा संघ नेपाल मादी गाउँपालिका २, वडा कमिटीद्वारा बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । पोखराको बाँझापाटनस्थित सत्य युवा क्लबको खेलमैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ कास्की बास्केटबल एसोसिएसन विजयी भयो ।

मंगलबार कास्की बास्केटबल एसोसिएसन र ताङतिङ ‘ए’ बीचको फाइनलमा कास्की विजयी भएको हो । विजयी टिमले उपाधिसँगै ८० हजार साथमा ट्रफि र मेडल प्राप्त गरेको छ । उपविजेताले ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको राष्ट्रिय युवा संघ मादी–२, कमिटी अध्यक्ष तथा खेल संयोजक क्षेत्रबहादुर गुरुङले जानकारी दिए ।

महिलातर्फ मर्दिखोला ‘ए’ विजयी भयो । फाइनलमा मर्दिखोला ‘बि’ लाई हराउँदै उपाधिसहित उसले १५ हजार, ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेताले १० हजार साथमा ट्रफी र मेडल प्राप्त गरेको छ ।

पुरुषतर्फ निकेश मगर र महिलातर्फ छिरिङ छोके शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले क्रमश ३ हजार र २ हजार ५ सय प्राप्त गरे । पुरुषतर्फ २३ र महिलातर्फ ४ टिम सहभागी भएका थिए ।

सो अवसरमा कलाकारले सांस्कृतिक प्रस्तुतिहरु पनि पस्केका थिए । त्यस्तै आयोजकलाई आर्थिक सहयोग गर्ने सहयोगदातालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । प्रतियोगिताको एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य वेदबहादुर श्यामले उद्घाटन गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width