एम–१२ लाई सेभेन ए साइड फुटबल उपाधि

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
7a side- final

पोखरा । केआइइसी एम–१२ ले प्रथम सेभेन ए साइड फुटबल प्रतियोगिता उपाधि जितेको छ ।

रामेश्वरी माविको खेल मैदानमा जनएकता क्लबद्वारा आयोजित प्रतियोगिताको शनिबार रत्नचोकलाई ४–१ गोलले पराजित गर्दै उसले उपाधि उचाल्यो । पहिलो हाफमै ३–१ ले अग्रता लिएको एम–१२ ले दोस्रो हाफमा थप १ गोल थप्दै फराकिलो जित दर्ता गर्यो । विजेता एम–१२ ले नगद १ लाख १ हजार गर्‍यो । उपविजेता रत्नचोकले ६१ हजार १ सय पायो । एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे । सरोज तितुङको नाममा १ गोल लेखियो । रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना गोल फर्काए । ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाइनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।

उत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । वेस्ट गोलकिपरबाट रोमन थापामगरले पुरस्कार थाप्दा उत्कृष्ट डिफेन्डर योगेश गुरुङ बने । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङले प्राप्त गरे ।

विजेतालाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले ट्रफीसहित नगद प्रदान गरे । वडाध्यक्ष कार्कीले प्रथम पुरस्कार प्रायोजन गरेका थिए । दोस्रो पुरस्कारको समाजसेवी अमृतबहादुर कार्की तथा होमबहादुर बसेलले प्रायोजन गरेको आयोजक जनएकता क्लबका सचिव घनश्याम अधिकारी (श्याम)ले बताए । क्लब अध्यक्ष बेवबृजन खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width