पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका कांग्रेसका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । अर्का एक जनाले उम्मेदवारी कायमै राखेका छन् ।
गत वैशाख १२ मा मनोनयन दर्ता गराएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । अर्का बिमलबहादुर कार्कीले मनोनयन कायमै राखेका हुन् ।
गठबन्धनबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी) तर्फबाट मनोनयन दिएका धनराज आचार्यप्रति असन्तुष्ट रहँदै सापकोटा र तिवारीले बागी उम्मेदवारी दिएका थिए । तर दुवै शुक्रबार दिउँसो ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
उम्मेदवारी फिर्ता लिएका ऋषिराम सापकोटाले एउटै पार्टीबाट ३ जना उम्मेदवार लड्दा सन्देश राम्रो नजाने भएकोले फिर्ता लिएको प्रतिक्रिया दिए । मनोनयनको भोलिपल्ट उनले पत्रकार सम्मेलन गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । लामो समयदेखि कांग्रेसमा आबद्ध सापकोटा कास्कीका पार्टीमा पूर्व कोषाध्यक्ष भई काम गरेका थिए । उनले २०७४ सालमा पनि मेयरमा आकांक्षा देखाएका थिए ।
अर्का नन्दप्रसाद तिवारीले प्रजातन्त्र जोगाउन र मुलुकको विकासका लागि अहिलेको गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवारी फिर्ता लिएको बताए । २०३६ सालको बहुदल प्रचारप्रसार समितिको सदस्य भइृ काम गरेका तिवारी कांग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हुन् । पोखरा–३१, बेगनास निवासी उनी यज्ञबहादुर थापा सभापति हुँदा सचिवको भूमिकामा थिए ।
मनोनयन कायमै राखेका विमलबहादुर कार्कीले पार्टी नेतृत्वले गरेको गलत निर्णयप्रति असन्तुष्टी जनाउँदै उम्मेदवारी दिएको बताए । उनले भने, ‘कांग्रेसले नै काँग्रेसलाई भोट नहाल भन्यो । पहिले पनि गोरखामा गएर आँखा (बाबुराम भट्टराई) मा भोट हाल भन्यो, चितवनमा हसियाँ हतौडा (रेणु दाहाल) मा तथा मकवानपुरमा गाई (कमल थापा) लाई भोट हाल भन्यो ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवा नै दोषी भएको बताउँदै आफूलाई पार्टीले कारबाही गर्न नमिल्ने जिकिर गरे । तरुण दल पोखरा १८ को संस्थापक अध्यक्ष उनी यसअघि पोखरा नगर सचिव र कास्की क्षेत्र २ को पूर्व सचिव थिए । पोखरा १४ राधाकृष्ण टोल निवासी कार्कीले मनोनयनको पहिलो दिन वैशाख ११ मै उम्मेदवारी दिएका थिए।
पोखराको मेयरका लागि २८ जना र उपमेयरमा ११ जनाको मनोनयन परेको थियो।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
बड्स एकेडेमीमा सदन विभाजन
स्मृति ग्रन्थमा सर्जक बुद्धि परियार
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१