सेन्साईको ‘नयाँ वर्ष, भाग्यको वर्षा’ योजना सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७९
sensai

पोखरा । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले नयाँ वर्ष–२०७९ लक्षित गर्दै ‘नयाँ वर्ष, भाग्यको वर्षा’ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ ।

सो योजनाअन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रअन्तर्गत आकर्षक उपहार जित्न सकिने कम्पनीले जनाएको छ । यस वर्ष सेन्साईले आफ्नो भाग्य चम्काउने मौका दिएको छ । योजनाअन्तर्गत ११ जना भाग्यशालीले बम्पर उपहारका साथै अरु आकर्षक उपहारहरु जित्न सक्नेछन् । १ भाग्यशाली ग्राहकले बम्पर उपहारमा यामाहा एफजी बाइक, २ भाग्यशाली ग्राहकले एप्पल म्याकबुक एयर ल्यापटप, ३ भाग्यशाली ग्राहकले एप्पल आइफोन १३ र ५ भाग्यशाली ग्राहकले एप्पल आइप्याड जित्न सकिने छ ।

साथै सेन्साईले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीहरु र निशुल्क डेलीभरी पनि प्रदान गर्नेछ । सेन्साईका सामानहरुको खरिद गरेपश्चात ग्राहकले आफूलाई लक्की ड्रमा सहभागी गराउन SENSEI टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एएमएस गर्नुपर्नेछ । कम्पनीले यो योजना सीमित अवधिका लागि लागु गरिएको छ । सेन्साई ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप न्तर्गत सिजी इओएल हो ।

Related News

सम्बन्धित समाचार

  • विद्युतीय सवारीसाधनमा आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि…
  • पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन   

    आदर्श समाज सम्वाददाता फागुन ११, २०८०
    गण्डकी ।  वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित दुईदिने ‘विज्ञान,…
  • साइबर अपराधविरुद्ध सचेतना

    आदर्श समाज सम्वाददाता माघ ८, २०८०
    पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ ।…
  • टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन   

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    काठमाडौ‌ं ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ…
  • साइबर सुरक्षासम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता मंसिर ६, २०८०
    पोखरा । पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रद्वारा आयोजित एवं युरोपियन इजुकेशन एण्ड कल्चर एक्ज्यूकिटिभ एजेन्सीको आर्थिक सहयोगमा पोखरामा साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय…

hero news full width