शुक्लागण्डकी आविलाई सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७९
shuklagandaki school

पोखरा । पोखरा ३३ लामगादीस्थित शुक्लागण्डकी आधारभूत विद्यालयलाई सहयोग प्राप्त भएको छ । स्थानीय समाजसेवी लेखापढी तथा कानुन व्यवसायी रेशमबहादुर रानाभाटले स्व. पिता दलबहादुर रानाभाटको स्मृतिमा ५० हजार रुपैयाँ र छोरा विधानको व्रतबन्धमा संकलित दक्षिणा ६० हजार गरी १ लाख १० हजार प्रदान गरेका छन् । सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष नरबहादुर श्रेष्ठले स्व. पिता बुद्धिमान श्रेष्ठको स्मृतिमा २५ हजार ५ सय ५५ को अक्षयकोष स्थापना गरेका छन् ।

यसैगरी झ्याँक्री खोला सामुदायिक वन उपभोक्ता समूहबाट ५० हजार, जनजागृति महिला समूहबाट २५ हजार, प्रतिभा प्रगति युवा क्लबबाट २५ हजार, लामगादी खानेपानी आयोजना उपभोक्ता समूहबाट २० हजार सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक आनन्द पौडेलले बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक स्थितिको आलोचना भइरहेको अवस्थामा शुक्लागण्डकीको शैक्षिक, भौतिक अवस्था गर्व गर्न लायक भएको पोखरा ३३ का वडा सदस्य लीलबहादुर श्रेष्ठले बताए ।
सहयोगले विद्यालयको समग्र विकासमा टेवा पुग्नुका साथै विद्यालयको गतिविधि सञ्चालन गर्न थप ऊर्जा मिलेको प्रधानाध्यापक पौडेलले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width