नाइन ए साइड भेट्रान फुटबल सुरु

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७९
Veterans Football Photo

पोखरा । युवा तथा खेलकुद मन्त्रालय गण्डकीको आयोजनामा पोखरामा नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पोखरा रंगशालामा ४ दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरे । प्रतियोगितामा ४० देखि ६० वर्ष उमेर समूहका खेलाडीहरुले सहभागिता छ । हरेक टिममा ५० वर्षमाथिका २ खेलाडीको अनिवार्य सहभागिता छ । १८ टोलीको सहभागिता रहेको प्रतियोगितामा पोखरा, काठमाडौं, हेटौडा, वालिङ लगायत सहरबाट भेट्रान टोलीको प्रतिस्पर्धा रहेको आयोजकले जनायो ।

पहिलो दिनको खेलमा बगर भाइखलकले वालिङ भेट्रान टिमलाई ५–१ को फराकिलो गोल पराजित गर्‍यो । दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो । बगरभाइ खलकले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफ बराबरीमा भएको खेलमा २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ (प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दीपक पुनले गोल गरेका थिए ।

दोस्रो खेलमा लेकसाइड भेट्रान टिमले जित्यो । उसले पोखरा भेट्रानलाई १–० ले पराजित गर्‍यो । जीतमा १६ औं मिनेटमा नरेश गुरुङले गोल गरेका थिए । खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

१२ टिमले भाग लिएको प्रतियोगितामा मनाङ मस्र्याङ्दीको कप्तानी युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले सम्हालेका छन्

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको कप्तानीमा खेलेको मनाङ मस्र्याङ्दी क्लबले पनि खेल जितेको छ । मनाङ भेट्रान टिमले पोखराको दीप युनाइटेडलाई ५–३ गोलअन्तरले पराजित गरेको थियो । मनाङका कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । २ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेर दीपलाई अघि बढाए । १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काए ।

४० औं मिनेटमा दीपका लागि दलबहादुर लामाले गोल गरे । ४२ औं मिनेटमा मनाङका कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पूरा गरे । ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जीतको आशा जगाउँदा ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङको जीत सुनिश्चित बनाए । मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम ८ मा प्रवेश गर्‍यो ।

विजेताले नगद ३ लाख, उपविजेताले १ लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै, २ सेमिफाइनलिस्ट टोलीले नगद ३० हजार, सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ५ विधाका खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक दिलबहादुर गुरुङले जनाए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलकुदलाई बजेट छुट्टाउनुपर्नेमा जोड दिंदै खेलकुदमा गरिएको लगानीले प्रतिफल दिने बताए । ‘सरकारले खेलकुदमा लगानी गर्न पछि हट्नु हुन्न । खेलकुदमा लगानी गरेको प्रतिफल आउँछ भन्ने हेक्का नहुदाँ लगानी गर्न सरकार डराइरहेको छ,’ उनले भने, ‘प्रतियोगितामार्फत सहभागी हुने खेलाडीले खेल पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछन् । जुन अप्रत्यक्ष देखिन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width