पोखरा । नेपाल दलित सघं गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका परशुराम विश्वकर्मा पोखरेल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको पहिलो अभिवेशनबाट पोखरेलको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
बिहीबार पोखरामा भएको अधिवेशनले अध्यक्ष पोखरेलसहित उपाध्यक्ष केशबहादुर सुनार (तनहुँ), ताराबहादुर विश्वकर्मा (बाग्लुङ) र टीका कुमारी एसके बस्पाल (लमजुङ) चयन गरेको छ । संघको सचिव हरिबहादुर गान्धारी (गोरखा) र यामबहादुर परियार (पर्वत) निर्वाचित भए भने म्याग्दीका टेकबहादुर विश्वकर्मा चुनिए । कोषाध्यक्ष स्याङ्जाकी तिलकुमारी दर्जी सर्वसम्मत भइन् ।
संघको गण्डकी प्रदेश सदस्यहरुमा सुनमाया विश्वकर्मा, कौशिलादेवी विश्वकर्मा, कल्पना नेपाली, मधुमाया विश्वकर्मा र मैना विश्वकर्मा चयन भएकी छिन् । यसैगरी अन्य सदस्यहरुमा खगेन्द्र विश्वकर्मा, अर्जुन विश्वकर्मा, भक्तबहादुर विश्वकर्मा, विनोद नेपाली, आनन्द विश्वकर्मा, चिनबहादुर विश्वकर्मा, राकेश विश्वकर्मा, मनसुबा सुनार र रामबहादुर सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको प्रथम गण्डकी प्रादेशिक अधिवेशनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय उपाध्यक्ष धनराज गुरुङ तथा केन्द्रीय सदस्य जीवन परियारलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१