पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले शिक्षाको क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताएका छन् ।
जनप्रकाश बहुमुखी क्याम्पस, भण्डारढिकको शुक्रवार १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन उद्घाटन गर्दै मन्त्री थापाले शिक्षाको क्षेत्रमा लगाएको पैसालाई खर्च नसम्झी लगानीको रुपमा लिनुपर्नेमा जोड दिएका हुन् ।
गण्डकी प्रदेशलाई शैक्षिक क्षेत्रका रुपमा अब्वल बनाउन नेपालमा नै पहिलो विश्वविद्यालका रुपमा रहेको गण्डकी विश्वविद्यालयले युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकिने गरि प्राविधिक शिक्षालाई जोड दिएको धारणा समेत व्यक्त गरे ।
नेपाल पब्लिक क्याम्पस संघतर्फबाट विरन्जी गौतमले विश्वविद्यालय स्थापना गर्दा सामुदायिक क्याम्पसलाई समेटेर लैजानु पर्ने सुझाव राखेका थिए ।
क्याम्पस व्यवस्थापन समितिका भूपू अध्यक्ष केशर निर्देषीले हामीले उत्पादन गरेका विद्यार्थीको सटिफिकेट विदेश जाने लाईसेन्स नवन्ने गरि शिक्षा नीतिमा नै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
क्याम्पस संचालन समिति अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरी, पोखरा २९ का अध्यक्ष चेतबहादुर गुरुङ, पूर्व विद्यार्थी वीरेन्द्र न्यौपाने, जनप्रकाश मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बावुराम सुवेदी र विद्यार्थी कल्याणकारी समिति अध्यक्ष महिमा श्रेष्ठ लगायतले आफनो धारणा राखेका थिए ।
क्याम्पस प्रमुख ऋषिराम बुढाथोकीले क्याम्पसको विगत र भावी योजनाबारे प्रकाश पारे । उनले क्याम्पसलाई क्युएए मान्यताप्राप्तका लागि सबै प्रक्रिया पूरा भएको र प्रमाणपत्रमात्र बाँकी रहेको बताए ।
सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मेजर रामप्रसाद गुरुङले गरेका थिए ।
सो अवसरमा विजयराज भण्डारीलाई सञ्चालक समिति अध्यक्षमा चयन गरिएको छ । सदस्यमा विश्वराज लामिछाने, श्रीधर आचार्य, विष्णुप्रसाद तिवारी, सुदेव गुरुङ, मनदेवी गुरुङ, पुष्पमणि भण्डारी, प्रेमबहादुर थापा र होमनाथ पौडेल रहेको निर्वाचन संयोजक अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए । १५ सदस्यीय कार्यसमितिमा ५ पदेन सदस्य हुने छन् ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
कामचलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको परिमार्जित आधारपत्र सार्वजनिक
अधिकारी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको इजलासमा
आदर्श समाजकर्मी विजय नेपाललाई चलचित्र पत्रकारिता पुरस्कार’, फिल्मकर्मी विनोद शेरचनलाई सम्मान
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
जेठ ८, २०८१अधिकारी सरकारको वैधानिकताको टुंगो आज
जेठ ८, २०८१पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
जेठ ७, २०८१दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१