कास्की तेक्वान्दो संघको पदस्थापन

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७८
Taekwondo Photo

पोखरा  । कास्की जिल्ला तेक्वान्दो संघको अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । कास्की जिल्ला तेक्वान्दो संघका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दो संघ अध्यक्ष जगनबहादुर गुरुङले शनिबार कार्यसमितिको पदस्थापन गराएका हुन् ।
गत साउन ३० मा सम्पन्न जिल्ला संघको अधवेशनले कुमार गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेका थियो । संघको रिक्त उपाध्यक्षमा विकास डिसी, सहसचिवमा बोधराज गिरी र कार्यसमिति सदस्यमा मैनबहादुर गर्वुजा, लक्ष्मी गुरुङ, त्रिभुवन बानियाँ गुप्ता र धनबहादुर गुरुङ (सुमन) लाई मनोनयन गरिएको छ । सल्लाहकारमा निवर्तमान अध्यक्ष जगनबहादुर गुरुङ, रत्नमान गुरुङ, योगेन्द्रबहादुर बस्नेत, जगन्नाथ ढकाल, निर्मला बराल, सुनिल गुरुङ, इन्द्र गुरुङ (युके), राजु श्रेष्ठ (युके), बल थापा (युके), कृष्ण गुरुङ (हङकङ) छन् ।
संघको गतिविधि चलायमान गराउन विभिन्न उपसमिति समेत गठन गर्दै प्रवक्तासमेत तोकिएको छ । बैठकले संंघ प्रवक्तामा संघका सचिव दीपेन्द्र पहारीलाई मनोनीत गरेको छ ।
पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार ग्रेडिङ उपसमिति संयोजक बलराम लामा, प्रतियोगिता उपसमिति संयोजक कुलचन्द्र शर्मा, टिम तयारी उपसमिति संयोजक किरण गौतम तोकिएका छन् । साथै निर्णायक उपसमितिमा सुनबहादुर लामा, तेक्वान्दो विकास उपसमितिमा विकास डिसी, अनुगमन तथा मूल्यांकनमा दीपेन्द्र पहारीलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width