लेखनाथ । रक्त क्यान्सर पीडित पोखरा ३१ बेगनासकी ३ वर्षीया बालिका दिप्ती सापकोटा बचाऊ अभियानले शुक्रबार उनका अभिभावकलाई २ लाख १ हजार ६० रुपैयाँ हस्तान्तरण गरेको छ ।
संकलित रकम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख वरिष्ठ बालरोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलले पीडित बालिकाकी आमा कोपिला सापकोटा रानाभाटलाई हस्तान्तरण गरे ।
विभिन्न व्यक्तिबाट उठेको सहयोग रकम दिप्ती बचाउन अभियानका नेतृत्वकर्ता रामबहादुर रानाभाटमार्फत् डा. बास्तोलाले हस्तान्तरण गरेका हुन् ।
अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेको बेगनास युवा क्लवका निर्वतमान अध्यक्ष समेत रहेका रानभाटले बताए । उनले अभियानमा निवर्तमान गृह एवं पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले समेत सहयोग गरेको जानकारी दिए । बालिकालाई उपचार सहज होस् भनेर शुक्रबार संकलित रकम हस्तान्तरण गरिएको बताउँदै रानाभाटले दिप्तीलाई कान्ति बालअस्पताल काठमाडौं पठाउने व्यवस्था गरिएको उल्लेख गरे ।
उनले कान्ति बाल अस्पतालमा रहेर उपचारमा सहज होस् भन्ने उद्देश्यले थप केही दिन अभियान चलाएर समापन गरिने बताए । सहयोग गर्न चाहने महानुभावले दिप्तीका बुबा देवबहादुर सापकोटाको गरिमा विकास बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने बताए ।
असार १ गते देखि क्षेत्रीय अस्पतालको बच्चा वार्डमा उपचार गराइरहेकी बालिकाको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा सहयोग गर्न भन्दै डा. बास्तोलाले पनि सम्पर्कमा रहेका केही साथीहरुलाई म्यासेन्जर मार्फत र केही अनलाईनले समाचार प्रकाशन गरेपछि अभियान सुरु भएको हो ।
अस्पतालका बालरोग विभाग प्रमुख बालरोग विशेषज्ञ डा. बास्तोलाले अहिले बच्चाको उपचार क्षेत्रीय अस्पतालमा भए पनि थप ढिलाइ गरे बच्चाको ज्यान जानसक्ने बताए । उनले अहिले अस्पतालले निशुल्क उपचार र कुुरुवालाई समेत निशुल्क खाने व्यवस्था मिलाएको बताउँदै तुरुन्त क्यान्सरको उपचार सम्भव हुने अस्पतालमा पठाइएको बताए ।
कान्ति बाल अस्पतालमा त्यहाँका चिकित्सकसँग सम्पर्क गरेर शुक्रबार नै पठाउने तयारी गरिएको समेत डा. बास्तोलाले बताए ।
क्यान्सरलाई थप फैलन नदिन ज्वरो कम गर्न, घाउ भएमा फैलन नदिने जस्ता उपाय र उपचार अस्पतालले गरेको बताउँदै डा. बास्तोलाले थप उपचार यहाँ सम्भव नभएको बताए । ‘ज्वरो आएर इमर्जेन्सीमा आउनु भएको रहेछ, हामीले भर्ना गरी छुट्टै कोठामा राखेर उपचार र अक्सिजनसमेत व्यवस्था गरेका छौं,’ डा. बास्तोलाले भने, ‘औषधी पनि निःशुल्क छ ।’
उनका अनुसार समयमै उपचार गरेमा निको हुने अवस्था ६० प्रतिशतभन्दा माथि रहेको बताए । उनले बच्चालाई एएलएलए क्युट लिम्फोसाइटिक ल्युकेमिया (ब्लड क्यान्सर) भएको हो । डा. बास्तोलाका अनुसार बच्चालाई किमोथेरापीबाट उपचार अघि बढाउन लगाइनेछ ।
पीडित बालिकाकी आमा कोपिला रानाभाट सापकोटाले सहयोगी मनहरुलाई धन्यवाद दिँदै यो सहयोगले आफ्नी छोरी बाँच्ने आशा पलाएको बताइन् । रकम हस्तान्तरण गर्न सञ्चारकर्मी नवराज सापकोटा, सचिन रानाभाट, बेगनास युवा क्लबका सुरेन्द्र पुन र चित्रबहादुर गुरुङ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट क्लबको अवार्ड
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१