पोखरा । लायन्स क्लब्स् इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । बिहीबार लायन्स डिस्ट्रिक्ट सचिवालय काठमाडौंमा आयोजित समारोहमा गभर्नर आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०–२१ का गभर्नर लायन मान बहादुर रोक्काले वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर आचार्यलाई पदिय दायित्व हस्तान्तरण गरेका हुन् ।
समारोहमा लायन वर्ष २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाईं र क्याबिनेट ट्रेजरर पृथ्वीराज शर्मा तिमिल्सिनाले आ–आफ्नो पदीय दायित्व ग्रहण गरेका थिए ।
हरेक वर्ष जुलाई १ तारिकाबाट लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्परा छ । त्यही अनुसार आजबाट आफ्नो कार्यकाल सम्हालेका डिस्ट्रिक्ट गभर्नर आचार्यले पहिलो दिन नै ७५ वटा नयाँ क्लब चार्टर गरी विश्वकै उत्कृष्ट गभर्नरको रुपमा इतिहास रचेका छन् । त्यसै गरि एलसिआइएफमा १८ जनाले १८ हजार डलर योगदान र डिस्ट्रिक्ट गभर्नरको यस वर्षको मुख्य कार्यक्रम लायन्स मोडेल भिलेजका लागि स्थापित लायन्स वेलफेयर बैंकमा ५१ लाख भन्दा बढी रकम पहिलो दिन मै संकलन गर्न सफल भएको बताइएको छ ।
लायन्स क्लबले विभिन्न समाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ र यस वर्ष पनि डिस्ट्रिक्ट गभर्नरले समाजिक सेवाका कार्यहरुका साथ साथै दिगो विकासलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रका १४ वटा पिछडिएका गाँउहरु छनोट गरी त्यो गाँउलाई मोडेल भिलेजका रुपमा स्थापित गर्ने गरि आफ्नो कार्य योजना तयार पारेको डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले बताए ।
समारोहमा डिस्ट्रिक्टका पिएमसिसि, पिडिजीका साथै अन्य लायन लिडरहरुको उपस्थिति थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१