महानगर खेलकुद विकास समिति अध्यक्षमा गोदार

आदर्श समाज सम्वाददाता
जेठ ५, २०७८
dipak godar sports

पोखरा । पोखरा महानगर खेलकुद विकास समितिको अध्यक्षमा दीपकबहादुर गोदार मनोनीत भएका छन् ।

पोखरा महानगरले गोदारलाई ३ वर्षका कार्यकालका लागि समिति अध्यक्षमा मनोनयन गरेको हो ।

गोदार नेपाल खेलकुद महासंघ कास्कीका अध्यक्ष, मुआथाइ प्रमुख प्रशिक्षक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष समेत हुन् । उनी यस अघि कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत थिए ।

महानगरको खेलकुद ऐनमा १२ सदस्यीय खेलकुद समिति गठन गर्ने प्रावधान रहेको छ । महानगरले अन्य पदाधिकारी र सदस्यहरुको नाम भने घोषणा गरिसकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width