पोखरा । कोरोनाको महामारी बढेपछि प्रशासनले मंगलबारदेखि थप कडाइका साथ घोषणा गरेको लकडाउनको प्रभाव देखिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको सूचनामा निषेधाज्ञा भनिए पनि प्रकृति भने पोहोरकै लकडाउनको जस्तै छ । लकडाउन वैशाख महिनाभर लागु हुनेछ ।
गत १५ वैशाखदेखि लगाइएको निषेधाज्ञा कडाइ गरेर वैशाख मसान्तसम्म लम्ब्याएको हो ।
मंगलबार बिहान पोखराका सडकहरुमा सवारीसाधन कम चलेका छन् भने खाद्यान्न बाहेक पसलहरु पनि खुलेका छैनन् । पोखराका मुख्य चोकमा प्रहरी खटिएको छ । अनावश्यक रुपमा हिँडडुल गर्नेलाई प्रहरीले सोधपुछ गरेको छ भने अत्यावश्यक सेवामा अवरोध नगरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पछिल्लो समयमा तीव्र रुपमा फैलिरहेको संक्रमण रोक्न कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञा कडा गर्ने निर्णय गरेको हो । आइतबार बसेको केन्द्रको बैठकले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न आदेश जारी गरेको छ । भेला, सभा जुलुस, जात्रा तथा महोत्सव गर्न निषेध गरेको छ ।
एम्बुलेन्समा बिरामी तथा कुरुवा गरी बढीमा २ जना चढ्न पाउनेछन् । दमकल, शववाहन, खाद्यसामग्री तथा पशुपंक्षीका दाना, खाद्यान्न तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु भने चल्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीले ड्युटी जाने आउने क्रममा प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधन, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हने सरकारी सवारी साधनहरु पनि चल्नेछन् ।
लकडाउन अधिमा यात्रुवाहक सार्वजनिक तथा निजी सवारी चलाउन पाइनेछैन । धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना गर्न पाउनेछ । सबै प्रकारका शैक्षिक संस्था, तालिम, प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट साथै साँझ, खेलकुद क्षेत्र सञ्चालन गर्न पाइनेछैन । विवाह, व्रतबन्ध एवं अन्य संस्कारजन्य कार्यक्रममा स्वास्थ्य मापदण्ड अपनाउँदै १५ जना कम व्यक्ति सहभागी हुन पाउने छन् ।
औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुला रहने, दैनिक उपभोग्य खाद्यान्न पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायत निर्माण सामग्री बोक्ने सवारी साधन दिनको १ बजेदेखि साँझ ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
सञ्चारकर्मीको हकमा सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास, नेपाल पत्रकार महासंघबाट जारी प्रेस पास तथा सञ्चार गृहबाट जारी पासको आधारमा आवतजावत गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले १ चौथाइ कर्मचारी राखेर १ चौथाइ शाखामात्र सञ्चालन गर्न भनिएको छ । विदेश जाने यात्रुहरु भिसासहितको पासपोर्ट र हवाई टिकटको प्रतिलिपि लिएर १ जना आफन्तसहित यात्रा गर्न सक्नेछन् ।
आदेश अवज्ञा गरेमा स्थानीय प्रशासन ऐन,२०२८, संक्रामक रोग ऐन, २०२० एवं अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१