स्याङ्जा । स्याङ्जाको वालिङमा सम्पन्न प्रथम वालिङ फुटसल कपको उपाधि बगर भाइखलक पोखराले जितेको छ । वालिङ नगरपालिका ९ तल्लो वालिङमा शनिबार भएको फाइनलमा टिम वालिङ फुटसललाई ३–० गोल अन्तरले पराजित गर्दै भाइखलकले उपाधि जितेको हो ।
उपाधिसँगै बगर भाइखलकले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको आयोजकले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त ग¥यो । यसअघि प्रतियोगिताको फाइनल खेलमा भाइखलकलाई उपाधि जिताउनका लागि आकाश थपलिया, सुदीप पाठक र प्रशन्न श्रेष्ठले समान १÷१ गोलको योगदान दिएका थिए ।
तल्लो वालिङमा दोस्रो फुटसलको रुपमा गत शुक्रबारदेखि सञ्चालनमा आएको वालिङ फुटसलले आयोजना गरेको उक्त प्रतियोगितमा १६ टिमको सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने
को होला उत्कृष्ट प्रशिक्षक ?
उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१