नेपाल कम्युनिस्ट पार्टी आन्तरिक कारणले विभाजित भएपछि मित्रराष्ट्र चीनको कम्युनिस्ट पार्टीले त्यसलाई मिलाउन आफ्नो उच्चस्तरको प्रतिनिधिमण्डल नेपाल पठाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यचौको नेतृत्वमा ४ सदस्यीय टोली ४ दिन नेपाल बसेर विवाद मिलाउन प्रयास गर्ने बुझिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व एमाले र पूर्व माओवादीलाई मिलाएर नेपाल कम्युनिस्ट पार्टी बनाउन प्रत्यक्ष अप्रत्यक्ष भूमिका खेलेको थियो । नेकपा बनेपछि त्यसले चीनको कम्युनिस्ट पार्टीसँग निकटको सम्पर्क र सम्बन्ध बढाउन खुब प्रयास गरेको थियो । त्यस प्रयासको परिणाम नेपालमा प्रशिक्षण कार्यक्रमहरु आयोजना गरिएको थियो ।
नेपालमा राजतन्त्रको अन्त्य भएपछि चीनले विश्वासप्राप्त मित्रको खोजी गरिरहेको व्यापक चर्चा थियो । त्यस क्रममा नेकपा गठन भई सत्तामा पनि पुगेको थियो । त्यसमा चीनले प्रशन्नता पनि व्यक्त गरेको थियो । तर सत्ता सञ्चालनको केही महिनापछि नै त्यस पार्टीमा विवाद बढेको थियो । त्यस पार्टीमा सुरुमा २ वटा अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच विवाद भएको थियो । समय बढ्दै गएअनुसार विवाद पनि बढ्दै गयो । आरोप र प्रत्यारोप भयो । हुँदाहुँदै गम्भीर प्रकृतिको लान्छना लगाएर चरित्र हत्या गर्नेसम्मको प्रयास गरियो । उनीहरुले इँटाको जवाफ पत्थरले दिने गरे ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि स्थितिले अर्काे मोड थियो । उनीहरु एकले अर्काेलाई हटाउने काम गरे । एक पार्टी विभाजित भयो । दुई पार्टी बने र दुवैले आफू आधिकारिक पार्टी भएको दाबी गर्दै निर्वाचन आयोग पुगेका छन् । विभाजनको जटिल मोडमा पार्टी पुगेपछि चीनको राजदूत यान्छीले नेताहरुलाई मिलाउन धेरै दौडधूप गरेकी थिइन्। उनको प्रयास गर्दा–गर्दै पार्टी विभाजनको संघारमा पुगेको थियो । अब त यो पार्टी विभाजन नै भएको छ । यस्तो बेलामा त्यस पार्टीलाई मिलाउन चीनको टोली नेपाल आएको छ । चीनको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको छ । त्यसले प्रधानमन्त्री ओली, अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाललगायतका नेताहरुलाई भेटेको हो । चार दिन बसेर प्रयास गर्ने टोलीको कार्यक्रम छ । धेरै ढिलो भएकोले मिलाउने प्रयास चुनौतीपूर्ण छ । तैपनि प्रयास हो, त्यसमा पनि चीनको । सफल हुन पनि सक्छ । सफल भयो भने त्यो चमत्कार हुनेछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१