पोखरा । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनर्उत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रमसहित पोखरेली पर्यटन व्यवसायीको टोली ढोरपाटन पुगेको छ ।
नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्को सहयोगमा सञ्चालित उक्त कार्यक्रम अन्तर्गत यात्रामा रहेको टोलीले आइतबार सरोकारवालाबीच गरेको अन्तरक्रियामा वक्ताहरूले ढोरपाटनको विकाससँगै आसपासका पर्यटकीय गन्तव्य समेट्नुपर्ने आवश्यकता औंल्याए ।
तमानखोला गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले ढोरपाटन जाने मार्गमा पर्ने तमानखोलाका धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्नुपर्ने बताए । बराह ताल लगायत धेरै पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न सकेमा ढोरपाटन आउने पर्यटकलाई ती गन्तव्यमा पु¥याउन सकिने उनले बताए ।
भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले गण्डकी प्रदेश सरकारले पनि कृषि, पर्यटन, जलस्रोत आदिको विकासलाई प्राथमिकतामा राखेको भन्दै प्रदेश भित्रका पर्यटकीय गाउँलाई प्रवद्र्धन र विकास गर्न लागिएको बताए । गाउँमा रहेका प्रकृति र संस्कृतिलाई पर्यटनमा जोड्न सकिएमा ग्रामिण पर्यटनमा धेरै सम्भावनाहरू बढाउने उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टारईले कोरोनाले थलिएको पर्यटनलाई गति दिनुपर्ने बताउँदै अब व्यवसाय बन्द नगरी खुलाउनुपर्ने आवश्यकता औंल्याए । ढोरपाटनसँगै आसपासमा जोडिएका पर्यटकीय गन्तव्य विकास गर्नुपर्ने उनको भनाइ छ ।
ढोरपाटन नगरपालिकाका उपप्रमुख करमति पुन मगरले ढोरपाटनको पूर्वाधार विकाससँगै यहाँका सर्वसाधारणको जीवनस्तर बढाउने लगायतका कामलाई प्राथमिकतामा राखिएको बताए ।
ढोरपाटनमा सञ्चालित पाखाथर सामूदायिक होमस्टेका सञ्चालक पुनम बुढा मगरले ढोरपाटनमा पर्यटकको आकर्षण बढीरहे पनि यहाँसम्म आइपुग्ने बाटोघाटो लगायतका समस्या रहेको बताए । आउने पर्यटकका लागि स्थानीय रातो च्याउ, आलु लगायतका स्थानीय उत्पादन खुवाउने गरेको भन्दै उनले बन्दाबन्दीको अवधिमा भने सुरक्षा सजगता अपनाउँदै हामेस्टे सञ्चालन नगरिएको बताए ।
भ्रमण टोलीले बागलुङका विभिन्न पर्यटकीय गन्तव्यको अवलोकनसँगै पर्वतको भुकदेउराली सााूदायिक होमस्टेको प्रवद्र्धनात्मक भ्रमण गर्ने भिटोफ गण्डकी प्रदेशका उपाध्यक्ष एव कार्यक्रम संयोजक सूर्यनाथ पहारीले जानकारी दिए । भ्रमण टोली भोलि पोखरा फर्कने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१