युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डको विजयी सुरुआत

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७७
Nations League, Natherland vs Poland

तस्बीर साभार : इगल्स भाइन डट कम

पोखरा । युइएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्डले जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा समूह ‘ए’ अन्तर्गत नेदरल्यान्डले पोल्यान्डलाई १–० गोलले पराजित गरेको हो । खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको नेदरल्यान्डले दोस्रो हाफमा गोल गर्न सफल बनेको थियो ।

नेदरल्यान्डका लागि स्टीवन बर्गविजनले खेलको ६१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । नेसन्स लिगमा डच टिमले जितसँगै खेल सुरुआत गरेको छ । उसले जारी लिगमा ३ अंक बटुलेको छ ।

बोस्निया हर्जगोभिनासँग इटाली रोकियो

नेशन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमा समूह ‘ए’ कै इटाली बोस्निया हर्जगोभिनासँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा इटालीले १–१ को बराबरी खेलेको हो । बरबारी खेलेसँगै इटाली र बोस्निया हर्जगोभिनाले १/१ अंक बाँडेका छन् ।

तस्बीर साभार : दी स्कोर डट कम

खेलको शुरूआती अग्रता बोस्नियाले लिएको थियो । बोस्नियाका एडिन डेकोले ५७ औं मिनेटमा गोल गर्दै १–० को अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि ६७ औं मिनेटमा स्टेफानो सेन्सीले बराबरी गोल गर्दै इटालीलाई हारबाट जोगाए । सेन्सीको यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । समूह चरणमा अब इटाली र बोस्नियाले नेदरल्यान्ड्स र पोल्यान्डसँग खेल्नेछन् ।

त्यस्तै, समूह ‘बी’ अन्तर्गतको नर्वे अष्ट्रेरियासँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा नर्वे अष्ट्रियासँग २–१ ले पराजित बनेको हो । खेलमा माइकल ग्रेगोरिट्स र मार्सेल सबिट्जरको पेनाल्टी गोलमा अष्ट्रियाले २–० को अग्रता बनाएको थियो । यता एर्लिङ हाल्याण्डले सिनियर टिमबाट पहिलो गोल गर्दै टिमलाई राहत दिलाएपनि टिमको हार भने टार्न सकेनन् ।

समूह ‘एल’ को खेलमा काजकिस्तानले लिथुनियालाई २–० ले हराउँदा अल्बानियाले बेलारुसमाथि २–० ले हरायो । समूह ‘एफ’को खेलमा चेक रिपब्लिकले स्लोभाकियाबिरुद्ध ३–१ को जित निकाल्यो ।

Related News

सम्बन्धित समाचार

hero news full width