जोकोभिच र अजारेन्कालाई सिनसिनाटी ओपन टेनिसको उपाधि

आदर्श समाज सम्वाददाता
भाद्र १४, २०७७
novakdjokovic

तस्बीर साभार : स्पोर्टिङ न्यूज डट कम

पोखरा । नोभाक जोकोभिच र अजारेन्काले वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको उपाधि जितेका छन् ।

न्युयोर्कमा शनिवार राति भएको फाइनलमा क्यानडाका मिलोस रावनिकलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा सर्बियन स्टार जोकोभिचले मिलोसमाथि १–६, ६–३ र ६–४ को सेटमा जित हात पारे । पहिलो सेट गुमाएपनि ३३ वर्षीय जोकोभिचले उत्कृष्ट पुनरागमन गरेका थिए ।

यससँगै जोकोभिजले ३५ मास्टर्स र १००० सिरिज टाइटलसहित राफायल नाडालको कीर्तिमानसँग बराबरी गरेका छन् । उनको यो ८० औं एपीटी उपाधि हो ।

तस्बीर साभार : डब्ल्युटीएटेनिस डट कम

त्यस्तै, महिलातर्फको उपाधि भने बेलारुसकी भिक्टोरिया अजारेन्काले जितिन् । फाइनल नखेल्दै अजारेन्का च्याम्पियन बनेकी हुन् ।

फाइनल प्रतिद्वन्दी जापानकी नाओमी ओसाकाले चोटको कारण नाम फिर्ता लिएपछि अजारेन्का च्याम्पियन बनेकी हुन् । बायाँ खुट्टाको ह्यामस्ट्रिङ चोटको कारण ओसाकाले फाइनल त्यागेकी हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width