पोखरा । गण्डकी प्रदेशमा शनिबार थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार दिएको जानकारी अनुसार प्रदेशको ४ जिल्लामा थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु बाग्लुङका १३ जना, स्याङजाका ७ जना, कास्कीका ३ जना र म्याग्दीका एक जना रहेका छन् । नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको जानकारी गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदविन्दु शर्माले दिए ।
गत २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमूना परीक्षण भएको छ, जसमा गोरखा ५०, तनहुँ ५१, लमजुङ ६८, स्याङजा १८३, बाग्लुङ ६१, म्याग्दी ५५ र कास्की ३१४ नमूना परीक्षण भएको जानकारी दिइएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा जम्मा २८ नमूना परीक्षण भएको छ, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४४३ पुगेको छ, जसमा गत २४ घन्टामा स्याङ्जाबाट ३०, म्याग्दीबाट ६, नवलपरासीपूर्वमा २० र लमजुङबाट ४ जना गरि कुल ६० जना व्यक्तिहरु निको भई डिस्चार्ज भएका छन् ।
Related News
सम्बन्धित समाचार
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१