लेखनाथ । रुपा गाउँपालिका–६, आँपुखोलामा निमार्ण भएको ३७० मिटर ढलान मोटरवाटो शनिवार एक समारोहका बीच उद्घ्घाटन गरिएको छ ।
प्रदेश सांसद विकास कोषबाट २५ लाखको विनियोजित बजेट र ६ लाख २५ हजार स्थानीयको जनश्रमदानबाट खनिएको ढलानयुक्त मोटर बाटोको पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी र प्रदेश एवं विकास समितिका अध्यक्ष दिपक कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सांसद खगराज अधिकारीले समृद्ध ग्रामिण सडक निर्माणको अभियानमा आफू रहेको बताउदै अधिकारीले समावेशी बिकासका लागि गाउँपालिका लागि रहेको बताए ।
विकास समितिका अध्यक्ष दिपक कोइरालाले विकासमा कुनै कसुर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय पूर्वाधार निर्वाचन क्षेत्रलगायत सबै क्षेत्रमा विकासका पुर्वाधारका कार्यक्रमको निर्माणले स्थानीय सरकारले प्रारम्भिक सर्वेक्षण गरेर बाँकी रहेका कार्यक्रममा सहकार्य गरी गाउँमा नै आय आर्जन गरी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
सोही अवसरमा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सडक जोडिएपछि स्थानीयलाई गाउँपालिका कार्यालयसम्म आवातजावात गर्न सहज भएको र स्थानीयस्तरमा उत्पादित अन्नवाली तरकारी र फलफुल गाउँपालिकाको सहयोगमा बजारसम्म यातायातको व्यवस्था गाउँपालिकाले गरेको जानकारी दिँदै ढुक्क भएर कृषकले अरग्यानीक तरकारी उत्पादन गर्न लाग्नु पर्ने धारणा व्यक्त गरे ।
रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ्ग, जलस्रोत तथा सिँचाई कार्यालयका प्रमुख किरण आचार्य, रुपा गाउँपालिकाका सदस्य नारायण गुरुङ्ग, निर्माण उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र खड्का समितिका कोषाध्यक्ष लक्ष्मी खड्कालागायतले कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।
आँपुखोला बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष बलराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको संचालन सचिव बुद्धिसागर घिमिरेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१