पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै राप्रपाका नेता पूर्व मन्त्री सुनिल थापासहित १९ जनाले पार्टीबाट राजीनामा दिएका छन् । उनीहरुले शनिबार पार्टी अध्यत्रयलाई राजीनामा बुझाए ।
सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्न पुगेको उनीहरुको आरोप छ । राजीनामा पत्रमा भनिएको, ‘संविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।’ पूर्व उद्योग वाणिज्य मन्त्री रहेका नेता थापा काँग्रेस प्रवेश गर्ने चर्चा छ ।
राजीनामा दिनेहरुमा पूर्व गृहराज्यमन्त्री समेत रहेका उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य विष्णुविक्रम थापा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य बाबुारम बस्नेत, अर्का सदस्य एवं पूर्व सहायक महामन्त्री वृजलाल यादव, धनकुटाका पूर्व अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य पदमबहादुर बस्नेत, केन्द्रीय सदस्य एवं राप्रपा प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्य दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ शाह, वीरेन्द्रलाल कर्ण, नारायण राउत इन्द्रबहादुर तामाङ, राजकुमार भट्टराई, डम्बरबहादुर राई, माधव पौडेल र अर्जुनविक्रम थापा छन् ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१