ला लिगाको एकै सिजनबाट मेसीको नयाँ कीर्तिमान

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
Leonnel Messi, Barceelona

पोखरा । लियोनेल मेसीले ला लिगाको एकै सिजनमा गोल र एसिस्टको नयाँ कीर्तिमान बनाएका छन् ।

शनिबार राती रियल भालाडोलिडविरुद्धको खेलमा असिस्ट गरेसँगै मेसी ला लिगाको इतिहासमा पहिलो पटक एकै सिजनमा २० भन्दा बढी गोल र २० असिस्ट गर्ने खेलाडी बनेका छन् ।

मेसीले यस सिजनमा ला लिगामा २२ गोल गरेका छन् । त्यस्तै, उनले असिस्ट संख्या २० गरेसँगै नयाँ कीर्तिमान बनाएका हुन् । खेलको १५ औ मिनेटमा अर्टूरो भिडालले गरेको गोललाई असिस्ट गरेसंगै मेसीले ला लिगाको इतिहासमा यस्तो कीर्तिमान लेखाएका हुन् । मेसीले २० गोलमा असिस्ट गरे जस्तै बार्सिलोनाकै लिजेण्ड खेलाडी जाभीले सन २००८÷००९ सिजनमा गरेका थिए । तर, २० गोलसंगै २० असिस्ट भने अहिलेसम्म कुनै खेलाडीले गरेको थिएन ।

मेसीले १८ बर्ष अगाडीको प्रिमियर लिगमा बनेको यस्तो रेकर्डपछि यो उपलब्धि हासिल गरेका हुन् । प्रिमियर लिगमा १८ बर्ष अगाडी सन २००२÷००३ को सिजनमा थिएरी हेनरीले आर्सनलबाट खेल्दै २४ गोल र २० असिस्ट गरेका थिए ।

ला लिग जित्न संघर्ष गरिरहेको बार्सिलोनाले शनिबार रातीको जितपछि रियल मड्रिडसँगको दुरी १ अंकमा झारेको छ । अब लिगमा केबल २ खेल खेल्न बाँकी हुँदा यस सिजनको ला लिगाको उपाधि भने रियलले जित्ने संभावना बलियो छ ।

बार्सिलोनाभन्दा १ खेल कम खेलेको रियलको ८० अंक छ भने बार्सिलोनाको ७९ अंक रहेको छ । बार्सिलोनाले बाँकी दुवै खेल जितेपनि रियल मड्रिडले ३ मध्ये २ खेल हार्नुपर्ने हुन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width