नापोलीलाई हराउँदै एटलान्टाले शीर्ष ४ को होड बलियो बनायो

आदर्श समाज सम्वाददाता
असार २०, २०७७
Atlanta vs Napoli, Siri A Football

पोखरा । इटालियन सिरी ए मा शीर्ष ४ को होडलाई बलियो बनाएको छ ।

शुक्रबार राति भएको खेलमा नापोलीलाई पराजित गर्दै एटलान्टाले शीर्ष चारको होडलाई बलियो बनाएको हो । नापोलीमाथिको जितसँगै एटलान्टाले अर्को सिजन च्याम्पियन लिग खेल्ने सम्भावना समेत बढाएको छ ।

नापोलीविरुद्ध दोस्रो हाफको सुरुवाती १० मिनेटभित्र २ गोल गर्दै चौथो स्थानको एटलान्टाले छैटौं स्थानको नापोलीलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको ४७ औं मिनेटमा मारियो पलासिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । त्यस्तै, ५५ औं मिनेटमा रोविन गोसेन्सले एटलान्टाका लागि निर्णायक दोस्रो गोल गरे ।

जितपछि एटलान्टाले पाँचौ स्थानको रोमासँग १२ अंकको अग्रता बढाएको छ । अर्को खेलमा रोमा उडिनेसीसँग २–० ले पराजित भएपछि एटलान्टालाई पनि फाइदा पुगेको छ ।

सिरी ए को २९ खेलबाट ६० अंकसहित एटलान्टा चौथो स्थानमा छ । समान २९ खेलबाट रोमाको ४८ अंक छ । हारपछि ४५ अंक रहेको नापोली छैटौं स्थानमै यथावत छ ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width