इटालियन सिरि ए क्लब युभेन्टसले आफ्ना खेलाडीलाई ट्रेनिङका लागि बोलाएको छ ।
इटाली सरकारले सोमबारबाट क्लबहरूलाई ट्रेनिङका लागि अनुमति दिएपछि युभेन्ट्सले विदेशमा रहेका आफ्ना खेलाडीहरुलाई ट्रेनिङका लागि बोलाएको हो ।
कोरोना भाइरसका कारण सिरि ए अनिश्चितकालका लागि स्थगित भएपछि युभेन्ट्सका धेरै खेलाडी आफ्नो देश फर्किएका छन् । क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुएन, सामी खडिरा, डग्लस कोस्टा, मिरालेम पियानिचलगायत खेलाडी अहिले आ–आफ्नो देशमा छन् ।
सरकारले अनुमति दिएसँगै युभेन्ट्सले आगामी साताबाट ट्रेनिङ सुरु गर्ने तयारी गरेको छ । विदेशमा रहेका खेलाडीहरु इटाली फर्किएपछि २ साता क्वारेन्टाइनमा बसेपछि मात्र ट्रेनिङमा सहभागी हुनेछन् ।
नापोली, रोमा, इन्टर मिलान, सस्सुओलोले भने ट्रेनिङ सुरु गरिसकेका छन् । कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित सिरि ए सुरु हुने या नहुने टुंगो भने अझै लागेको छैन।
Related News
सम्बन्धित समाचार
भलिबलमा अटल हिमाल
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
पोखरा ७ स्तरीय वृहत दौड प्रतियोगिता
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१