पोखरा, ४ फागुन । अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा सम्पन्न यू–१८ आइटीएफ सर्किट–२ टेनिस प्रतियोगितामा पुरुषतर्फ जापानका गेनी इनो र महिला भारतका रेन्नी सिंग्ला प्रथम भएका छन्।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा गेनीले भारतका उदयवीर सिंहमाथि संघर्षपूर्ण जित निकाले । उनले सिंहलाई ६–३, ५–७ र ७–६ को कठिन सेटमा पराजित गर्दै उपाधि कब्जा गरेका हुन्।
महिला एकलमा भारतका सिंग्लाले चाइनाका ले यु लियुलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरिन् ।
एकलतर्पmका विजेताले आइटीएफको ३०/३० अंक तथा उपविजेताले १८/१८ अंक प्राप्त गरे। प्रतियोगितामा पुरुष डबल्सतर्फ जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले प्रथम स्थान हासिल गरेका थिए।
हङकङका केल लोक इन ताङ र इन्डोनेशियाका जेरालले दोश्रो स्थान हासिल गरे। महिला डबल्सतर्फ चाइनाका ले यु लियु र इटोङ झाङको जोडी प्रथम भयो ।
चाइनाकै जुछुआन लुओ र जियु झाङको जोडी दोश्रो भयो । डबल्सतर्फ प्रथमले २५/२५ अंक तथा दोश्रो हुनेले १३/१३ अंक आफ्नो आइटीएफ खातामा जोड्न सफल भए।
विजयी खेलाडीलाई मेडलसहित पुरस्कृत गरियो।
कास्की जिल्ला टेनिस संघ अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहमा महासचिव नवीन चालिसे, आइटीएफ प्रतिनिधि प्रवीण नायक, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१