४ जेठ २०७८ मा स्याङ्जाबाट एउटा सारै नमिठो खबर आयो । हाम्रो संस्कार भन्दा परको । मानवीयताभन्दा परको । खबर पढ्नेहरु त दुखी भए नै आँखै अगाडि अनुभूति गर्नेलाई कस्तो भएको होला ? भनाइ न छ नि जिउँदाको जन्ती, मर्दाको मलामी । अनि भनिन्छ जेजस्तो भए पनि छिमेकी र आफन्त चाहिने मर्दापर्दा हो । तर अहँ, आँधिखोला गाउँपालिका २ चिलाउनेवासको १ परिवारले मलामी त पाएन नै, ९३ वर्षे आमाको निधनपछि नजिकैको खोलामा पुर्याएर दाहसंस्कार समेत गर्न पाएन । ती आमाका छोरा बुहारी कोरोना संक्रमित भएकै कारण गाउँलेहरुले यो व्यवहार देखाएका हुन् । खोलामा जलाउँदा धुँवाबाट समेत संक्रमण सर्छ भन्ने भएर गाउँहरु विरोधमा उत्रे । बिहान ७ बजे बितेकी आमाको शव बेलुका ७ बजेसम्म उठेन । गाउँपालिकाका अध्यक्ष सुधीर पौडेलले गरेको प्रयास पनि सफल भएन । अनि पालिकाकै पहलमा आर्मी बोलाएर घर नजिकै शव गाडियो । यो दृश्य छोराबुहारी पिँढीमा बसेर टुलुटुलु हेर्न वाध्य भए । गाउँलेको दुव्र्यवहार खेप्न वाध्य भए ।
त्यो त चिलाउनेवासको परिवार नै पहिलो भने यस्तो दुव्र्यवहार खेप्ने । पोहोर जब नेपालमा भर्खरै कोरोना संक्रमण सुरु भयो । मानिसको यसरी भकाभक ज्यान जाला भनेर कसैले सोचेकै थिएन । कोरोनाकै कारण ज्यान गुमाउन वाध्य भए कतिपय । गण्डकीमा कोरोनाले ज्यान गुमाउने पहिलो व्यक्ति पनि स्याङ्जाकै थिए । पहिला त उनको शव गण्डकी अस्पतालबाट उठाउनै मुस्किल भयो । किन भने संक्रमितको शव गाडीमा राख्न कोही तयारै भएनन् । जब शव उठाइयो कहाँ अन्त्येष्ठी गर्ने भन्ने भयो । दिनभरको मेहनतपछि मनिपाल मेडिकल कलेजभन्दा केही माथि शव व्यवस्थापन गर्न लागि जसमा स्थानीय जनप्रतिनिधि नै विरोधमा उत्रे । प्रहरीले लाठी नै चलाउनु परेको थियो । त्यसपछिका शव लामेआहालमा व्यवस्थापन गर्ने भनिए पनि त्यति सहज भएन । त्यहाँका पनि स्थानीय विरोधमा उत्रे । आखिर गण्डकीका धेरैजसो शव लामेआहालमा नै व्यवस्थापन हुन्छन् ।
हो, अहिले कोरोनाले मानिसलाई विवेक गुमाएको जस्तो बनाइदिएको छ । कोही बिरामी पर्दा भेट्न जाने त कुरै छाडौं संवाद पनि हुन छाडेको छ । कसैको जुठोसुत्केरो परेका बेला समेत छिमेकी आफन्त जोडिने कुरा निकै परको हुन थाल्यो । तर त्यसो भन्दैमा हामीले विवेक गुमाउनु हुन्छ त ? आज अरुको घरमा परेको घटना भोलि हाम्रै घरमा हुनसक्छ । कसलाई के थाहा भोलि के हुन्छ भनेर ? अनि स्याङ्जा, त्यो पनि आँधिखोला गाउँपालिकाको चिलाउनेवास शिक्षा र चेतनाका हिसावले निकै अब्बल मानिएको ठाउँ । अनि त्यहिँका स्थानीयबाट यस्तो व्यवहार कत्ति पनि शोभनीय भएन । रोग के हो र कसरी सर्छ भन्ने बारेमा अब कुनै अन्यौल छैन । सुरक्षित तरिकाले शव दहन गर्दा गाउँलको टाउको दुखाइ किन ? आखिर उनीहरु कुन संस्कारबाट हुर्के ? उनीहरुले दिन खोजेको सन्देश के हो ? सामाजिक मान्यतामा आखिर किन यति ठूलो कलंक पोतेको ? यी यावत प्रश्नहरुको जवाफ ती गाउँलेले दिनुपर्छ, जसले ती आमाको शवप्रति दुव्र्यवहार गरे ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१