बाढीपहिरोको जोखिम अझै

सम्पादक
असाेज ८, २०७७

१. मुलुकभर मनसुन सक्रिय रहेकोले केही दिन अझै धेरै ठाउँमा पानी पर्ने र केही स्थानमा भारी वर्षा हुन सक्ने बजानकारी मौसमविद्हरुले दिएका छन् । यसकारण बाढीपहिरोको जोखिम अझै रहेकोले सतर्कता अपनाउन जरुरी छ । खोलानालाहरुमा पानीको सतह पनि बढ्ने हुँदा खोला किनारका बस्तीहरुले पनि होसियारी राख्नुपर्दछ ।

२. यसपाली औषत भन्दा बढी पानी परेको र जमित गलेको हुँदा थोरै पानी पर्दा पनि बग्न सक्ने भएकोले सावधानी अपनाउन भनिएको छ । केही स्थानमा भारी वर्षाको सम्भावना हुँदा दनीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात पनि प्रभावित हुन सक्ने राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखाले पनि नदीहरुमा वहाव बढ्ने हुँदा तटीय षेत्रमा क्रियाकलाप नगर्न र सतर्कता अपनाउन सूचित गरेको छ ।

३. यस वर्ष भाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ । देशमा वैशाख यता मात्र ३ सय ७५ जनाको मृत्यू भएको छ भने १ सय बढी वेपत्ता छन् । ४ सय २० जना घाइते भएका छन् । त्यसमध्ये पहिरोबाट मात्रै २ सय ७२ जनाको मृत्यु र ७४ जना वेपत्ता भएका हो । जेठ ३० पछीको अविरल तथा भारी वर्षाको कारण यी घटना भएका हुन् ।

४. गण्डकी प्रदेशमा यो वर्ष अहिलेसम्म प्राकृतिक प्रकोपका कारण १२६ जनाको ज्यान गएको गण्डकी प्रदेश सरकारले जनाएको छ । बागलुङ, म्यग्दी, पर्वत, कास्की, लमजुङ, तनहुँ, मुस्ताङ, गोरखा जिल्लामा भएको बाढी पहिरोबाट उक्त मानवीय क्षति भएको हो । त्यस वोहक म्याग्दीमा २२२ घर पूर्णरुपमा क्षति ३३७ घरमा आंशिक तथा बागलुङमा १९७ घर र तनहुँमा १४७ घरमा क्षति पुगेको जनाइएको छ । यसैगरी पशुचौपाय र खेतवारीको नोक्सानी पनि उत्तिकै छ ।

५. भौगोलिक विकटा तथा अविरल वर्षाका कारण सयमा राहत पुग्न नसक्दा पीडितहरुले ठूलो दुःख खेप्नु गरेको अवस्था छ । अहिले पनि अविरल वर्षका कारण पहिरो जाने डरले गाउँवस्ती छाडेर अन्यत्र गएर रात काट्नु परेको समाचार पनि आईरहेको छ । एकातिर विस्थापित वनेकाहरुलाई गाँस, बासको व्यवस्था मिलाउनु छ भने अर्काेतिर सम्भावित दुर्घटनाहरुलाई ध्यानमा राखि उद्धारका लागि आवश्यक तयारी गर्नु स्वयम्सेवक एवम् सम्बन्धित संघसंस्थाको भूमिका अत्यावश्यक रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width