१. विरोधीहरुले चौतर्फी रुपमा सरकारको विरोध गरिरहेको वेला संसदमा प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस पार्टीले पनि सडकमा उत्रेर विरोध गरको छ । हिजो नेपाली कांग्रेसले ७७ वटै जिल्लामा सडकमा नारा जुलुश गरेर सरकारको विरोध ग¥यो । यसअघि त्यसले विज्ञप्ति बक्तव्य आदि निकालेर सरकारको विरोध गर्ने गरेको थियो ।
२. तनहुँ जिल्लाको व्यास नगरपालिकामा निर्मित पुलको उद्घाटन गर्ने विषयमा कांग्रेस र नेकपाबीच विवाद भएको थियो । पुल निर्माण उपभोक्ता समितिको आग्रहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पुलको उद्घाटन गर्न जाँदा नेकपाका स्थानीय नेता र कार्यकर्ताहरुले विरोध जनाए । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर प्रहरीले वरिष्ट नेता पौडेललाई आफ्नो कब्जामा लिए । त्यही बेलादेखि दुई पार्टीबीच मनमुटाव बढेको भनिन्छ ।
३. त्यस अघि नेपाली कांग्रेस सरकार प्रति नरम भएको आरोप लाग्ने गरेको थियो भने कांग्रेसले त्यसलाई शालीन विरोधको संज्ञा दिने गरेको थियो । अब भने त्यस पार्टीले सडकदेखि सदनसम्म तताउने निर्णय गरेको छ ।
४. सरकारमाथि चौतर्फी आक्रमण भईरहेको छ । सडकमा एक पक्षले राजा आउ देश बचाउ भन्दै हिन्दू राष्ट्रको माग गरिरहेका छन् भने नेकपा विप्लव समुहले मान्छे हत्या गर्न शुरु गरेको छ । दक्षिण पन्थी र वामपन्थी दुवै पक्षहरु सक्रिय भएको बेला कांग्रेस पनि सरकारको विरोधमा लागेको छ ।
५. त्यति मात्र होइन, स्वयम् सत्तारुढ पार्टी नेकपाका नेताहरु आफै केही महिनादेखि प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेर उनको विरोधमा मोर्चाबन्दी गरिरहेका छन् । प्रधानमन्त्री ओलीको विरोधमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूह एक भएका छन् ।
६. दुई तिहाई बहुमत प्राप्त शक्तिशाली भनिएको ओली सरकार अहिले घेरा बन्दीमा परेको छ । सरकार कमजोर र निरीह भएको छ । प्रधानमन्त्री कसरी शक्ति प्राप्त गर्न सकिएला भनी ब्यूह रचना गरिरहेको आभास भईरहेको छ । स्थिति गम्भीर छ ।
७. प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले यस बेला धेरै बुद्धि पु¥याउनु पर्ने अवस्थामा छ । धमिलो पानीमा माछा मार्नेहरु सलबलाईरहेको बेला स्थिति खतर्नाक हुन्छ । यस्तोबेला धेरैले धेर ताक हेरेर बसिरहेका पनि हुन सक्छन् । इतिहासमा त्यस्तो देखिएको सर्वविदित छ । यस्तो वेला विरोध गर्ने भनेर मात्र हुँदैन । विरोध सकारात्मक हुनु पर्दछ, नियन्त्रित हुनु पर्दछ र प्रतिफल दिने हुनु पर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१