कास्की पहिलेदेखि नै शिक्षादीक्षामा ख्याति प्राप्त स्थान हो । शिक्षा दीक्षाका लागि काशी कि कास्की भनेर त्यसै भनिएको होइन । गुरुकुलको परम्परादेखि नै यसले अग्रणी स्थान ओगटेकोले त्यो भनाइ स्थापित भएको हो । आज पनि हामी यताउता हे¥यौं भने पहिले–पहिलेका आश्रम र आश्रमका भग्नावशेषहरु देख्न सक्छौं । केही आश्रम सानो ठूलो रुपमा अहिले पनि चलिरहेको देख्न सकिन्छ । नारायणस्थान आश्रम र चिसाखोला वेद विद्याश्रम निरन्तर चलिरहेका आश्रम हुन् । चिसाखोला वेद विद्याश्रमलाई पहिले मणि भन्ने चलन थियो । त्यो मणि कति पुरानो हो, त्यो अहिले भन्न सकिँदैन । तर त्यो ठाउँ २ हजार सालभन्दा पहिलेको हो भन्ने धेरै प्रमाण छन् ।
नारायणस्थान र चिसाखोला वेद विद्याश्रममा पं. प्रेमचैतन्य ब्रह्मचारीको नाम जोडिएको छ । उनले १९९९ सालतिर ती आश्रममा पढाउने गर्दथे । भारतको अलमोडा स्थानबाट आएर पोखरामा केही महत्वपूर्ण कामहरु गरे । २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका खेलेका थिए । यहाँको शैक्षिक जागरणमा पनि उनको महत्वपूर्ण योगदान छ । उनी २०१६ सालमा गठित राष्ट्रिय सभामा राष्ट्रिय सभाका सदस्य मनोनीत भएका थिए । २०१७ सालमा राजाले ‘कू’ गरेपछि उनी यहाँबाट पलाएन भए । त्यसबेला कतिपय राजनीतिक गतिविधि मणिबाटै सञ्चालन हुने भएकाले त्यो ठाउँ बराबर चर्चामा आउने गरेको थियो । मणिको स्थापना र सञ्चालनमा पं. ऋषिकेशव पराजुली, लक्ष्मीप्रसादलगायत पनि योगदान थियो । त्यसपछि उनीहरुको अनुपस्थितिमा प्रेम चैतन्य ब्रह्मचारीको प्रमुख चेलाका रुपमा रहेका अग्नि होत्री वेदगुरु पं. केदारनाथ उपाध्यायले सञ्चालन गरे ।
पं. तिमिल्सिनाले आजीवन त्यही स्थानमा रहेर आश्रमको उन्नति र प्रगतिमा आफ्नो जीवन नै न्यौछावर गरे । उनले गुरुकुल आश्रमलाई निरन्तरता दिएको मात्र होइन । त्यसको स्तरवृृद्धि गरे । विद्यार्थी संख्या बढाए । आज गुरुकुलको जुन रुप हामी देख्छौं । त्यो उनैको योगदानको प्रतिफल हो । पोखरा चिसाखोला वेद विद्याश्रम पुरानो परम्पराअनुसार व्यवस्थित रुपले सञ्चालन भइरहेको छ । त्यसले सनातन धर्मको संरक्षण पनि गरेको छ । त्यहाँ उत्पादित विद्यार्थीहरु धेरै ठाउँमा फैलिएका र तिनीहरुले रोजगारको अवसर पनि पाएका छन् भन्न पाउनु खुसीको कुरा हो । अग्नि होत्री गुरु तिमिल्सिनाले वेद विद्याश्रमको संरक्षण र संवद्र्धनमा पु¥याउनुभएको अमूल्य योगदानको उच्च मूल्यांकन गरी २०७५ मा उनको सार्वजनिक अभिनन्दन गरिएको थियो । त्यस उपलक्ष्यमा उहाँको नाममा अभिनन्दन ग्रन्थ प्रकाशित गरिएको थियो । अहिले उहाँको स्थानमा उहाँकै सुपुत्र मोहनाथ तिमिल्सिनाले आश्रमको नेतृत्व गरी सञ्चालनको कार्यभार ग्रहण गरेका छन् । योग्य पिताको योग्य पुत्रका रुपमा उनले वेद विद्याश्रमलाई आधुनिक युग सुहाउँदो किसिमले सञ्चालन गरिरहेका छन् र धेरैभन्दा धेरैको सहयोग प्राप्त गरेर वेद विद्याश्रमको नाम चम्काएका छन् । आश्रमको यो रजतवर्ष भएकाले यस उपलक्ष्यमा हाम्रो धेरै–धेरै शुभकामना !
Related News
सम्बन्धित समाचार
बुद्धजयन्तीको कार्यक्रम सुरु
विप्लवको पार्टी विभाजित
निर्वाचनमा युवाको सक्रियता
सरकारको अधुरो कदम
चर्चामा जगन्नाथ पौडेल
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९