हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली

सम्पादक
जेठ ४, २०७२

१. भूकम्प पीडितलाई उद्धार तथा राहत वितरण गर्न काठमाडौंबाट म·लबार दोलखा गएको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा परी अमेरिकी ६ जना र नेपाली दुर्इ जना सैनिक अधिकारीको ज्यान गएको छ। उनीहरूको अत्यन्त विकट स्थानमा दुर्घटना भएकोले खोजी कार्य ज्यादै ढिलो भएको थियो।

२. नेपाली सेनाले अथक प्रयास गर्दा पनि दुर्घटनाग्रस्त हेलिकोप्टर देख्न सकेको थिएन। यस्तैमा सिन्धुपाल्चोकका स्याङ्बो शेर्पाले दुर्घटनाग्रस्त हेलिकोप्टर सिन्धुपाल्चोकको घोर्घलाको डाँडामा देखेको सूचना दिएपछि त्यही सूचनाको आधारमा खोज्दा दुर्घटनाग्रस्त हेलिकोप्टर फेला पारिएको थियो।

३. हेलिकोप्टर ३१ वषीय अमेरिकी पाइलट क्याटिन क्रिस नोरगेसले चलाएका थिए भने त्यसमा सर्म्पर्क अधिकृतका रूपमा नेपाली सेनाका क्याप्टेन तपेन्द्र रावल थिए। ती दुर्इलगायत हेलिकोप्टरमा सवार आठै जनाको जेजसरी ज्यान गएको छ, त्यसले हामीलाई ज्यादै दुःखित पारेको छ।

४. भूकम्पपीडित नेपालीलाई उद्धार र राहत वितरण गर्न उनीहरू अमेरिकादेखि आएका थिए। उनीहरूल्े उद्धार र राहत वितरण गर्ने काम अत्यन्त तत्परता साथ गरेका थिए। आफ्नो ज्यान हत्केलामा राखेर त्यसरी सेवा गर्नु ठूलो कुरा हो। हामी उनीहरूको उत्कृष्ट कामको उच्च मूल्याङ्कन गरी प्रशंसा गर्दछों।

५. उनीहरू काठमाडौंका त्रिभुवन विमानस्थलबाट यस्तो बेला उडे जब म·लबारको भूकम्पले विमानस्थलमा खैलाबैला मच्चिएको थियो। मानिसहरू डराएर आफ्नो कार्यकक्षबाट बाहिर आएका थिए। लामो समय त्यो जहाज नफकेको र सूचना पनि कहीँ कतैबाट नआएपछि त्यसको खोजी गरिएको थियो।

६. म·लबार हराएको त्यस युएचवान हुवे नामको हेलिकोप्टर शनिबार बिहान मात्र पत्ता लागेको थियो। ११ हजार दुर्इ सय फिट उचाईमा रहेको उक्त स्थान ज्यादै विकट छ। त्यहाँ हेलिकोप्टरको पार्ट पूर्जा र हेलिकोप्टरमा सवार सैनिकहरूको शव छरिएर रहेको अवस्थामा देखिएको जनाइएको छ। मौसमको प्रतिकूलताको कारण शनिबार त्यो शव काठमाडौं ल्याउन सकिएको थिएन।आइतबार मात्र शव काठमाडौं ल्याइएको छ।

७. नेपाली सेनाले दुर्घटनाबारे अध्ययन गर्न हवाइ महानिर्देशनात्मक सहायक पाइलट सुधिर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको छ। अमेरिकी सेनाले पनि आन्तरिक छानबिन थालेको बुझिन्छ। यो अत्यन्त नराम्रो दुर्घटना हो। हाम्रो सेवाका लागि आएको हेलिकोप्टर त्यसरी घटना हुनु दुर्भाग्य हो। हामी त्यसरी ज्यान गुमाएका अमेरिकी र नेपाली सेनाप्रति हार्दिक श्रद्धाञ्जली अपण गर्दछौं र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width